Bisal Chautari Logo

पत्नी यसोदाको वियोगमा मदनकृष्णका आँशु थामिएन

- २० चैत्र २०७४, मंगलवार १३:५७ मा प्रकाशित


madan krishna wife death
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत २०, मंगलबार । वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यसोदा श्रेष्ठको ६७ बर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि क्यान्सरबाट ग्रसित यशोधाको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । उनको गए राति पौने ११ बजे उपचारको क्रममा अस्पताल मै मृत्यु भएको परिवारले बताएको छ । कलाकार मदनकृष्णले यशोदा सुबेदीसँग २०३० सालमा अन्तरजातीय विवाह गरेका थिए ।
मदनकृष्ण पत्नी यशोदालाई पहिले आन्द्राको क्यान्सर, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर भएको थियो । क्यान्सरका कारण पछिल्लो समय उनको दुवै खुट्टा नचल्ने भएका थिए । उनको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
निधनको खबर लगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । उनका एक छोरा यमन र छोरी सरना छन् । छोरा यमन श्रेष्ठले दागबत्ती दिएका थिए ।
तस्बिरहरु  : आर्यन विमली

प्रतिक्रिया