Aakash Shrestha and Aanchal Sharma movie BLACK Song
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत १८, आइतबार । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा अभिनित चलचित्र ‘ब्ल्याक’ को दोश्रो गीत रिलिज भएको छ । आगामी जेठ ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ब्ल्याक’ को दोश्रो गीत ‘पल पल हरपल’ बोलको गीतमा आकाशको अंगालोमा आँचललाई बोल्ड अबतारमा देख्न सकिन्छ ।
मुस्ताङको आकर्षक लोकेशनमा छायाँकन गरिएको गीतमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । लामिछानेले आकाश र आँचलको जोडीलाई सुन्दर रुपमा पर्दामा देखाउने प्रयास गर्दा क्यामेरा रामशरण उप्रेतीले चलाएका छन् ।
सार्वजनिक गीतमा स्वर सुगम पोखरेलको छ भने संगीत महेश खड्काको छ । डा. कविराज बान्तवाले प्रेमभाव बोल्ने गीतका शब्दहरु लेखेका हुन् । प्रदिप श्रेष्ठको निर्देशनमा बोल्ने फिल्म प्रेमकथामा आधारित छ । फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।
आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् । द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् ।
PAL PAL HARPAL | BLACK | New Nepali Movie Song-2018 by Sugam Pokahrel ft. Aakash Shrestha, Aanchal Sharma
*******************************
A Film By Pradeep Shrestha
BLACK
Vocal : Sugam Pokhrel
Lyrics : Dr. Kabiraj Bantawa
Music: Mahesh Khadka
Choreographer: Ramji Lamichhane
Cast: Aakash Shrestha, Aanchal Sharma, Sundar Shrestha, Aayush Rijal, Sushil Chhetri, Dhiren Shakya, Priya Rijal
Color Grading: Renish Phago
Cinematographer: Ramsharan Uperati
Editor: Arjun GC
Sound and Mixing : Mukesh Shah
VFX: Samir Miya / Shree Krishna Shrestha
Art. Directors:Bijaya Chaudahary
Chief Associate
Director : Basanta Adhikari
Film Mastering : Nabin Chaudhary
Action : Chandra Pant
Make Up : Prem Bhujel
Production Designer: Karan Singh
Production Controller : Ramhari Dongol (Pasa)
Dress Designer : Sunita Shrestha Publicity
Design : Colorblind Creative
Distributor : Gobinda Shahi , Ujjwal Poudel, Manoj Rathi
Drone Operator : Suresh Kafle
Dubbing : Kiran Basi
Background Ramesh Bhattarai
Writer: Maunata Shrestha
Exe. Producer: Chetan Kumar Pande
Producer: Aashma Pande
Director: Pradeep Shrestha
प्रतिक्रिया