Bisal Chautari Logo

आठ देशमा ‘ब्लाइन्ड रक्स’ प्रर्दशन हुने

- १३ चैत्र २०७४, मंगलवार १४:४४ मा प्रकाशित


blind rocks nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत १३, मंगलबार । वर्ष ०७४मा प्रर्दशन भएको चलचित्रहरु मध्यको एक उत्कृष्ट सिनेमा हो ‘ब्लाइन्ड रक्स’ । समिक्षात्मक रुपमा अगाडी रहेको चलचित्रले नेपाल प्रदर्शनमापनि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
अब सोही चलचित्र ‘ब्लाइन्ड रक्स’ विदेशका विभिन्न देशहरुमा प्रदर्शन हुने भएको छ । निर्माता निकेश लिम्बुले युके र अमेरिकासँगै सिङ्गापुर, अस्ट्रेलिया, क्यानाडा, साईप्रस, ब्रुनाई, जर्मनीलगायतका देशमा फिल्मको प्रदर्शन पक्का भएको जानकारी दिए ।
निकेशका अनुसार, अहिले आठ देशमा शो पक्का भएको र अन्य विभिन्न देशहरुमा हल बुकिङको पखाईमा रहेको छ । नेपालमा प्रदर्शन हुनु अगावै युकेमा १८ शो भइसकेपनि दर्शकको मागले पुनः प्रदर्शन गरिने निर्माता लिम्बुले बताए ।
यो चलचित्र दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको हो । चलचित्रका निर्देशक मिलन चाम्स हुन् । चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको मुख्य भूमिका छ ।

pradeep khadka || benisha hamal || shristi kc – blind rocks movie premiere review


Camera : Bishal Rai

प्रतिक्रिया