Bisal Chautari Logo

फ्राइडे रिलिज : आजबाट हलमा मल्टीस्टारर ‘शत्रु गते’ || बुकिङ आक्रामक

- ९ चैत्र २०७४, शुक्रबार ०२:४६ मा प्रकाशित


satru gate movie release
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत ९, शुक्रबार । वर्ष ०७४ को अर्को सर्वाधिक बहुप्रतिक्षीत चलचित्र ‘शत्रु गते’ आजबाट हलमा लागेको छ । फ्राइडे रिलिज अन्र्तगत हरेक हप्ता तीनदेखि चारवटा नेपाली चलचित्र रिलिज हुने गरेकोमा यस साता भने देशैभर ‘शत्रु गते’ चलचित्र मात्रै सालो रिलिज भएको छ । सोही कारण पनि देशभर बाट १ सय १० वटाभन्दा बढी हल पाएको खबर प्राप्त भएको छ ।
चलचित्रको स्टारकास्ट, गीत, र सशक्त ट्रेलरका कारण अत्याधिक चर्चामा रहेको चलचित्र राजधानीका मल्टिप्लेक्समा पनि चलचित्रले उच्च शो पाएको छ । चलचित्रले क्युएफएक्स अन्तर्गतको हलहमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।
‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईद्धरा निर्देशित चलचित्र ‘शत्रु गते’को एडभान्स बुकिङ पनि आक्रामक रहेको छ । चलचित्रमा समावेश ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । साथमा, फिल्मको ट्रेलरमा देखिएको कमेडी, कलाकारको अभिनय र संवादले पनि यसलाई प्रतिक्षित बनाएको हो ।
‘शत्रु गते’ चलचित्र मह सञ्चारको निर्माण र किरण केसीको प्रस्तुतीमा निर्माण भएको हो । सामाजिक कथा फ्यामिली ड्रामामा केन्द्रीत सिनेमामा विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ । तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

bisalchautari tv


New Nepali Movie – “Shatru Gate ” Official Trailer || Dipak Raj Giri, Deepa Shree Niraula, Haribansha Acharya, Madan Krishan Shrestha, , Paul Shah, Aachal Sharma, Pradip Bhattarai
Maha Sanchar Presents
Kiran Kc’s
Movie : Shatru Gate
Director Pradip Bhattarai
Producer : Deepak Raj Giri, Deepa Shree Niraula, Narendra Kansakar, Shivahari Poudel, Yasodha Shrestha, Ramila Acharya
Cast : Madan Krishna Shrestha, Haribamsha Acharya, Deepak Raj Giri, Deepa Shree Niraula, Priynaka Karki, Paul Shah, Aanchal Sharma, Basundhara Bhusal, Rajaram Poudel, Shiva Hari poudel, Kiran KC, Sushma Karki, Anju Maharjan, Raesh Ranjhan Jha, Narendra Kansakar, Mohit Bamsa Acharya, Raju Bhuju

प्रतिक्रिया