Bisal Chautari Logo

नेपाल आइडल विजेता बुद्धले पुरस्कारमा जितेको कार नपाएपछि गरेको गुनासोको अडियो भाइरल

- २४ फाल्गुन २०७४, बिहीबार १५:०० मा प्रकाशित


Buddha Lama Emotional Speech
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन २४, बिहिबार । एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
अडियोमा बुद्धले नेपाल आइडल भए वापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् । सार्वजनिक भएको एउटा अडियोमा बुद्धले भनेका छन्, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु–बुक पाएको छैन । ब्लु–बुक नपाएपछि गाडी कसरी चलाउने ?’ बुद्धका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् । ‘म कति धाउनु ? कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने ? तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ?’
मलाई अप्ठेरो न अप्ठेरो लागिरहेको छ भन्दै उनले यो सन्देश भाइरल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया