Bisal Chautari Logo

प्रेसमिटमै रोइन् पूर्णिमा || करिश्मा अभिनित चलचित्र ‘हिरोज्’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- २० फाल्गुन २०७४, आईतवार २१:५४ मा प्रकाशित


Heroz nepali movie Karishma Manandhar and Purnima Lama
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन २०, आइतबार । वरिष्ठ अभिनेत्री करिश्मा मानन्धर अभिनित चलचित्र ‘हिरोज्’ चैत २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । एनवी महर्जनद्धरा निर्देशित चलचित्रको आइतबार ट्रेलर सार्वजनिक गरिएको छ । युट्युवमा ट्रेलर मात्र सार्वजनिक गरिएपनि प्रेसमिटमा भने प्रोमो सहित चलचित्रको चार गीत समेत देखाइयो ।
चलचित्रको प्रेसमिटमा निर्देशक महर्जन उपस्थित नभएपछि यस चलचित्रका निर्मात्रा तथा अभिनेत्री पूर्णिमा लामा प्रेसमिटमै रोइन् । चलचित्र निर्माणमा आफुलाई सहयोग गर्ने एक एक व्यक्तिको नाम लिदैं पूर्णिमा प्रेसमिटमा रोएकी हुन् । ‘एउटा फिल्म बनाउँदै धेरै फिल्म बनाएको जस्तो अनुभव गर्न पाएँ, रुदै पूर्णिमाले भनिन्, ज जसो तसो गरी फिल्म बनाएको छु । जस्तो छ हेरिदिनु होला ।’
यता लामो समयपछि फिल्ममा अभिनय गरेकी अभिनेत्री करिश्मा मानन्धरले हिरोजको स्क्रिप्ट फरक रहेको दाबी गरिन् । युवा बेरोजगारको विषयमा बनेको फिल्म करिश्माको भनाई थियो ।
महालक्ष्मी फिल्मसको प्रस्तुती रहेको हिरोज मा करिश्मा र पूर्णिमासँगै दिनेश डिसी, जय किसन बस्नेत, मुकेश ढकाल लगायतको अभिनय रहेको छ । फिल्मलाई शिव ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।

ट्रेलर हेर्नुस् :-


Maha Laxmi Films Presents
HEROS
Kunai Pal…
Vocal: Tanka Budhathoki,Prasna Shakya
Lyrics/Music: Tanka Budhathoki , Bikash Choudary
Cast: Karishma Manandhar,Dinesh DC,Jay Kishan Basnet,Purnima Lama, Mukesh Dhakal
DOP: Shiva Dhakal/ Ransharan Upreti
Choreographer: Kamal Rai , Kabiraj Gahatraj , Ramji Lamichhane
Story: Sanjog Rana
Edit : Tara Thapa ‘Kimive’
Producer: Yubaraj Lama/The Plam Group/ Sanjog Rana
Director: NB Maharjan

प्रतिक्रिया