Bisal Chautari Logo

निकेशको निर्देशनमा ‘मुखौटा’ || कथात्मक म्युजिक भिडियो उत्कृष्ट (भिडियो हेर्नुहोस्)

- १९ फाल्गुन २०७४, शनिबार ०६:३८ मा प्रकाशित


SANUP PAUDEL & KALYAN SINGH song MUKHAUTA Whats hidden behind
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १९, शनिबार । म्युजिक भिडियो निर्देशक निकेश खड्का पछिल्लो समयमा कथात्मक भिडियो निर्माणमा चिनिएका छन् । ‘बहुला’, ‘छोरी अन्माउँदा’लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’मा पनि त्यो फ्लेबरलाई छोडेका छैनन् ।
निश्चल बस्नेतको फिल्म ‘लुट’बाट प्रभावित भएर बनाइएको भिडियोमा बैंक लुट्ने लुटेरको कथालाई प्रस्तुत गरिएको छ । बैंक लुटेर सहकर्मी साथीको हत्या गरेपछि लुटेको पैसा पैसा नक्कली हो भन्ने थाहा पाउँदा हुने परिणामलाई भिडियोमा देखाइएको छ ।
सनुप पौडेल र कल्याण सिंहको स्वर रहेको गीतमा मनिष बशिष्टको शब्द र कल्याण सिंहको संगीत छ । भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङको अभिनय छ । बुद्ध तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।
निर्देशक निकेश खड्काले भिडियोलाई फिल्म लुटको फ्लेबरमा निर्माण गरिएको बताए । ‘भिडियो बनाउन कलाकारहरुले निकै मेहनत गर्नुभएको छ । गीत अनुसार निकै राम्रो भिडियो बनाएका छौं ।’ उनले भने ।

भिडियो हेर्नुहोस् :-


MANISH BASISTHA PRESENTS
MUKHAUTA ( मुखौटा ) – WHAT’S HIDDEN BEHIND ?
Inspired from groundbreaking movie in the history of Nepali cinema -” LOOT Series ”
Lyrics: Manish Basistha
Singers: Sanup Paudel & Kalyan Singh
Compose: Kalyan Singh
Music Programming: Vishal Paudel
Mixing: Pradeep Joshi
Direction: Nikesh Khadka
Featuring: Vivek Singh Thakuri, Brindha Kathayat, Gaurav Jung Rana, Prashanna, Subash Gurung
Cinematography: Buddha Thapa
Editing: Bikash Dahal

प्रतिक्रिया