Bisal Chautari Logo

मल्टीस्टारर चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

- १८ फाल्गुन २०७४, शुक्रबार १७:४१ मा प्रकाशित


Shatru Gate Movie Official Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १८, शुक्रबार । पछिल्लो समय गीत र स्टारकास्ट मार्फत चर्चामा रहेको फिल्म ‘शत्रु गते’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथासार बताइएको छ ।

राजधानी स्थित ब्रिक्स क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यस फिल्म मार्फत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य फिल्म निर्माणमा फर्किएका छन् । प्रदीप भट्टराई निर्दे्शित फिल्ममा महसंगै दीपकराज गिरी , दीपाश्री निरौला , किरण केसी , शिवहरी पौडेल , बशुन्धरा भुसाल , रमेश रंजन झा, प्रियंका कार्की , पल शाह , आँचल शर्मा लगायतको अभिनय रहेको छ ।
फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरीले संयुक्त रुपमा लेखेका हुन् भने संवाद निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

सार्वजनिक ट्रेलरको बारेमा बोल्दै निर्देशक प्रदीप भट्टराई भने फिल्ममा हामीले मनोरंजनसंगै सामाजिक विषयवस्तु पनि समेटेका छौ । फिल्ममा मदन दाइ, हरि दाई हुनुहुन्छ, यसैले पनि अझै जिम्मेवारी बढेको छ । मेरो डेब्यु फिल्म जात्रा हेर्ने र रुचाउने दर्शकलाई यसले निराश बनाउदिन भन्ने आश छ’, निर्देशक भट्रराईले बताए ।

ट्रेलर हेर्नुहोस् :


New Nepali Movie – “Shatru Gate ” Official Trailer || Dipak Raj Giri, Deepa Shree Niraula, Haribansha Acharya, Madan Krishan Shrestha, , Paul Shah, Aachal Sharma, Pradip Bhattarai
Maha Sanchar Presents
Kiran Kc’s
Movie : Shatru Gate
Director Pradip Bhattarai
Producer : Deepak Raj Giri, Deepa Shree Niraula, Narendra Kansakar, Shivahari Poudel, Yasodha Shrestha, Ramila Acharya
Cast : Madan Krishna Shrestha, Haribamsha Acharya, Deepak Raj Giri, Deepa Shree Niraula, Priynaka Karki, Paul Shah, Aanchal Sharma, Basundhara Bhusal, Rajaram Poudel, Shiva Hari poudel, Kiran KC, Sushma Karki, Anju Maharjan, Raesh Ranjhan Jha, Narendra Kansakar, Mohit Bamsa Acharya, Raju Bhuju,

प्रतिक्रिया