Bisal Chautari Logo

आँचल र आकाशको प्रेमभावमा चलचित्र ’ब्ल्याक’को पोस्टर रिलिज

- १४ फाल्गुन २०७४, सोमबार १२:२८ मा प्रकाशित


black nepali movie poster released
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १४, सोमबार । आँचल शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘ब्ल्याक’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । निर्माण ब्यानर आश्मा फिल्मस् प्रालीले आगामी जेठ ११ लाई आधिकारिक प्रदर्शन मिति तय गर्दै चार पोस्टर एकसाथ रिलिज गरेको हो ।
सार्वजनिक पोस्टरमा आँचल र आकाश प्रेमभावमा देखिन्छन् भने एक पोस्टरमा आकाशलाई ‘एङ्ग्री’ मुडमा प्रस्तुत गरिएको छ । निर्माण टिमले मुख्य दुई कलाकार मात्रै फिचर भएको पोस्टर सार्वजनिक गर्दै नयाँ पुस्ताका दर्शकमाझ आफ्नो फिल्मलाई उभ्याउन खोजेको छ ।
आश्मा पाण्डेको निर्माणमा बनेको फिल्मको पोस्टर रिलिजसँगै औपचारिक रुपमा प्रचार प्रसारको थालनी गरिएको निर्देशक श्रेष्ठले बताए । ‘पछिल्लो समय नेपाली फिल्मप्रति आकर्षित भइरहेको र निरन्तर हेरिरहेका दर्शकको मनोभावना बुझ्नेगरी फिल्म तयार गरेका छौँ, निर्देशकले श्रेष्ठले भने, ‘हाम्रो फिल्मले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षण गर्नेछ ।’
एक्सन लभस्टोरी जनराको फिल्म मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । प्रदिप श्रेष्ठ निर्दे्िशत ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी समावेश हुँदा सम्पादन अर्जुन जिसीको छ । फिल्मलाई राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् । चेतनकुमार पाण्डे फिल्मका कार्यकारी निर्माता हुन् ।

black nepali movie poster

प्रतिक्रिया