Bisal Chautari Logo

वलीउडका चर्चित नायीका श्रीदेवीको नेपाल भ्रमण र नेपालमा फिल्म सुटिङको यात्रा यस्तो थियो

- १४ फाल्गुन २०७४, सोमबार ११:०८ मा प्रकाशित


Shree Devi of the famous actor 
विशाल चौतारी समाचार 
काठमाडौं २०७४ फाल्गुन १४, सोमबार । भारतीय सिने जगतकी सर्वाधिक लोकप्रिय एवम् सफल नायिका मध्यकी एक श्रीदेवीको ५४ वर्षको उमेरमा शनिवार राती निधन भयो ।

अगस्ट १३ सन् १९६३ माम द्रास सहरमा जन्मेकी श्रीदेवीको वास्तविक नाम श्री अम्मा अयंगर अयाप्पन हो । तर उनी श्रीदेवीको नामबाट चर्चित हुन पुगिन् ।  उनले केही वर्ष पहिले नेपाल भ्रमण गरेकि थिइन । नेपाल भ्रमण मात्रै नभएर नेपालमा फिल्म सुटिङ समेत गरेकी थिइन।

सन १९९१ मा श्रीदेवीले अफ्गानीस्तानको ‘पठार’को काथामा आधारित फिल्म  नेपालमा  सुटिङ गरेकी थिइन । अफ्गानीस्थानको ‘पठार’को काथामा आधारित फिल्म ‘खुदा गवाह’ मुस्ताङमा भएको थियो । फिल्ममा त्यातीबेलको सुपरहिट अमिताभब र डेनी डेङजोपा थिए भने हिरोइन श्रीदेवी थिइन् । कथामा बेन्जियर श्रीदेवी, बाससाखामा अमिताभब र खुदाबासमा डेनीको भूमिकामा थियो । खुदा, त्यातीबेलबको सुपरहिट फिल्म बने ।

अफ्गानिस्तान त्यातिबेला चरम युद्धमा थियो । अफगानिस्तानमा गएर फिल्म सुटिङ गर्न सक्ने अवस्था थिएन । त्याही भएर मुस्ताङ र पाटनलाई जोडेर अफ्गानीस्तानको रूप दिएको थियो । हिन्दुस्तान र अफ्गानीस्तान, प्रेम र वियोग वियोग देखाउन पर्ने थियो । अहिलेको जस्तो समय भए मुस्ताङलाई अफ्गानीस्तान बनायो भनेर सामाजिक सञ्जालमा अटी नअटा हुन्थ्यो ।

श्रीदेवी र अमिताभब जुन ठाउँमा घोडामा सवार भएका थिए तर अहिले सबै मोटर बाटो बनिसकेको छ । अझै उनीहरू बसेका होटेलमा उनीहरूको फोटो झुण्डाएको छ। ॐ होम्स होटेलमा उनीहरू बसेका थिए । यो होटेल मुस्ताङका महँगा होटेलमा पर्दछ ।

प्रतिक्रिया