Bisal Chautari Logo

प्रेसिकाको यादमा नवराज || ‘तिमि नै हौ मेरो जिवन’ गीत सार्वजनिक (भिडियो सहित)

- ११ फाल्गुन २०७४, शुक्रबार ०७:०५ मा प्रकाशित


Nabaraj Rai song Timi Nai FT Presika Niroula
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन ११, शुक्रबार । बहु–प्रतिभाशालि गायक नवराज राईको शब्द, संगीत र स्वरमा ‘तिमि नै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव यो गीतमा पोखिएको छ । यस गीतलाई प्रदिप श्रेष्ठले एरेञ्ज गरेका छन् ।
नेपाल र सिङ्गापुरमा सुट भएको म्युजिक भिडियोलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक राकेश किरातीले निर्देशन गरेका छन् । नेपाल र सिङ्गापुरको मनोरम दृश्यहरु यस भिडियोमा देख्न सकिन्छ । यस भिडियोमा प्रेसिका निरौलालाई फिचरिङ छन् । सार्वजनिक भिडियोको बारेमा बोल्दै निर्देशक राकेशले भने ‘– यो म्युजिक भिडियो एकदम राम्रो बनाउने कोशिस गरेको छु, र केहि नयापन पनि दिन खोजेको छु ।’
राकेशले निर्देशन गरेको भिडियोमा बुद्ध थापा मगरको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । भिडियोमा मेकअप तरुण राईको रहेको छ ।

भिडियो हेर्नुहोस् :


Singer : Nabaraj Rai
Lyrics / Music : Nabaraj Rai
Arranger : Pradip Shrestha
Cast : Presika Niroula
MUA : Tarun Rai
Camera / Editor : Buddha Thapa Magar
Direction : Rakesh Kirati

प्रतिक्रिया