Bisal Chautari Logo

नायिका मेघना १० वर्षपछि ‘यौनकर्मी’ बनेर फर्किदै

- ७ फाल्गुन २०७४, सोमबार ०९:३२ मा प्रकाशित


The heroine, Magna, returns ‘sexually’ after 10 years
एजेन्सी
काठमाडौँ । २०७४ फाल्गुन ७ गते सोमबार । बलिउड नायिका मेघना नायडु कमब्याकको तयारीमा छिन् । १० बर्षसम्म फिल्मबाट टाढा रहेकी मेघना फेरी कमब्याकको तयारीमा छिन् । बोल्ड छबीको कारण चर्चामा रहेकी उनले आफ्नो कमब्याक फिल्ममा यौनकर्मीको भुमिका निभाउनेछिन् ।
मेघनाका अनुसार उनले बंगाली फिल्म ‘सितारा’ मा काम गर्न लागेकी हुन् । ‘हो म सितारामा यौनकर्मीको भुमिकामा देखिँदैछु,’ उनले भनिन् । यो फिल्म र भारत र बंगलादेशमा सञ्चालित वेश्यालयमा केन्द्रित हुने भएको छ । त्यसो त भारत र बंगलादेशमा हुने मानव तस्करीलाई पनि उजागर गरिने मेघनाले बताइन् ।
मेघनाले केही ‘बी ग्रेड’ का हिन्दी फिल्ममा काम गरेकी छिन् । उनी बलिउडको साथै दक्षिण भारतीय फिल्ममा सक्रिय छिन् । हिन्दी चलचित्र ‘हवस’मा काम गरेपछि उनी चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया