Bisal Chautari Logo

यी हुन् भाग्यमानी ११ जोडी सांसद दम्पति (सूचीसहित)

- ६ फाल्गुन २०७४, आईतवार १०:१९ मा प्रकाशित


These are lucky 11 couples with a couple of MPs
विशाल चौतारी समाचार 
काठमाडौं, २०७४ फाल्गुन ६ गते आइतबार ।  यस पटकको निर्वाचनबाट १० दम्पति सांसद बनेका छन् । अधिकांश पति प्रत्यक्षबाट निर्वा्चित हुँदा पत्नीहरु समानुपातिकबाट सांसद् बनेका छन् । एमाले र माओवादी केन्द्रबाट संसदमा बन्ने दम्पति धेरै छन् । केहि मधेसी दलबाट पनि दम्पति सांसद बनेका छन् ।
निर्वाचन आयोगले निर्वाचनको नतिजा सार्वजनिक गरेपछि यस निर्वाचनमा १० भाग्यमानी जोडीले सांसद हुने अवसर पाएका हुन् । जसमध्ये नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एमालेबाट चार र राष्ट्रिय जनता पार्टी नेपालबाट एक जोडी सांसद बनेका छन् ।
देव गुरुङ र यशोदा सुवेदी : माओवादी नेता देव गुरुङ र यशोदा सुवेदी दुवै सांसद बनेका छन् । गुरुङ र सुवेदी श्रीमान श्रीमती हुन् । गुरुङले लमजुङबाट प्रतिनिधि सभाको चुनाव जितेका हुन् भने सुवेदी समानुपातिकतर्फ जनजाति कोटाबाट सांसद् बनेकी छन् ।
शंकर पोखरेल र सुजिता शाक्य : एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र उनी श्रीमती सुजिता शाक्य पनि सांसदमा निर्वा्चित भएका छन् । पोखरेल दाङ क्षेत्र २ ‘क’ बाट निर्वाचित भएका छन् भने शाक्य एमालेको प्रतिनिधि सभाको समानुपातिकबाट सांसद बनेकी छन् । पोखरेल प्रदेश ५ का मुख्यमन्त्री भएका छन् ।
विरोध खतिवडा र मुनु सिग्देल: एमाले केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर क्षेत्र नं. २ वाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनकी श्रीमती तथा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वा्चित भएको नेकपा एमालेले जनाएको छ ।
महेश्वर गहतराज र उषा पुन  : माओवादी केन्द्रका महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वा्चित भएका छन् भने उनकी श्रीमती उषा पुन (गहतराज) प्रदेश ५ बाट प्रदेश सभामा समानुपातिक सांसद भएकी छन् ।
एमालेबाट शेरबहादुर तामाङ र उषाकला राई : एमालेबाट शेरबहादुर तामाङ र उषाकला राई दुवै सांसद बनेका छन् । तामाङ सिन्धुपालचोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वा्चित भएका छन् । राई प्रदेश नम्बर १ बाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा चुनिएकी छन् ।
र्षमान पुन र ओनसरी घर्तीमगर  : माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभामा निर्वा्चित भएका छन् भने उनी श्रीमती ओनसरी घर्तीमगर प्रतिनिधि सभाको समानुपातिकबाट सांसद चुनिएकी छन् । ओनसरी दोस्रो संविधान सभाको सभाध्यक्ष पनि हुन् ।
रघुवीर महासेठ र जुलीकुमारी : एमाले नेता रघुवीर महासेठ र उनी श्रीमती जुलीकुमारी महतो दुवै सांसद बनेका छन् । महासेठले घनुषा क्षेत्र नम्बर ४ बाट निर्वा्चित भएका छन् । महतो प्रतिनिधि सभाको समानुपातिकतर्फ महिला मधेशी कोटाबाट सांसद बनेकी छन् ।
अनिलकुमार झा र  डिम्पलकुमारी झा : राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा र उनी श्रीमती डिम्पलकुमारी झा दुवै जना सांसद बनेका छन् । अनिल रौतहटको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । डिम्पल झा समानुपातिक तर्फ प्रदेश २ बाट प्रदेश सभा सदस्यमा चयन भएकी छन् ।
कृष्णध्वज खड्का र रेखा शर्मा : माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का प्युठानबाट प्रदेश सभामा निर्वा्चित भएका छन् भने उनकी श्रीमती रेखा शर्मा समानुपातिकबाट प्रतिनिधि सभामा सदस्य भएकी छन् । खड्का प्युठानको क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित भएका छन् ।
शक्तिबहादुर बस्नेत  र सत्या पहाडी : माओवादी नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने श्रीमती सत्या पहाडी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएकी छन् ।
यद्यपि नेताहरुले भने पार्टीले नेता पत्नीका रुपमा नभई पार्टीमा महत्वपुर्ण भुमिका खेलेका कारण समानुपातिक सांसद बनाइएको बताएका छन् । नेताहरुको नेता पत्नीका रुपमा नभई महिला नेतृहरुले पार्टी र जनसंगठनमा र्पुयाएको योगदानको कदर गर्दै सांसद बनाएर थप जिम्मेवारी दिइएको बताएका छन् ।

प्रतिक्रिया