Bisal Chautari Logo

कम्पनीले बाँड्यो ३ अर्ब बोनस, कर्मचारीहरु बोराका बोरा पैसा बोकेर घर फर्किए

- ६ फाल्गुन २०७४, आईतवार ०९:०७ मा प्रकाशित


The company shares 3 billion bonuses, employees carrying their sacks and sacks
एजेन्सी
काठमाडौं, २०७४ फाल्गुन ६ गते आइतबार । आफूले काम गरिरहेको कम्पनीले जब प्रशस्तै मुनाफा कमाउँदछ अनि कर्मचारीलाई ठूलो रकम बोनस दिन्छ भने को कर्मचारी खुसी नहोला रु चीनमा हालै एउटा कम्पनीले आफ्ना कर्मचारीलाई झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको रकम बोनस बाँड्यो ।
नगदमा बाँडिएको उक्त बोनस रकम गोजीमा अटाउने कुरै भएन । त्यसैले कर्मचारीहरुले आफ्नो भागमा परेको बोनस रकम बोरामा भरेर घर लिएर आए । फंगदा स्पेसनल स्टिल टेक्नोलोजी नामक उक्त कम्पनी पछिल्ला वर्षहरुमा कर्मचारीलाई ठूलो धनराशी बोनस बाँड्नमा नाम कहलिएको छ ।
यो कम्पनीमा झण्डै पाँच हजार कर्मचारी काम गर्दछन् । त्यसैले उक्त बोनस रकम कर्मचारीहरुलाई बाँड्दा एउटाको भागमा लाखौँ रकम पर्यो । कार्यरत कर्मचारीले मात्र होइन, सेवानिवृत्त कर्मचारीले पनि केही बोनस रकम पाए ।
समाचार अनुसार कम्पनीले बाँडेको कूल बोनस रकमका नोटको वजन झण्डै २ टन थियो । अफिसमा उक्त रकम सबै ल्याएर नगदै बोनस बाँडियो । यो कम्पनीले पछिल्लो ७ वर्षमा आफ्ना कर्मचारीलाई २६ अर्ब रुपैयाँ भन्दा धेरै रकम बोनसमा बाँडिसकेको छ । कम्पनीको वार्षिक आय करोडौँ डलर रहेको छ ।

प्रतिक्रिया