Bisal Chautari Logo

“ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने” -कमल थापा

- ४ फाल्गुन २०७४, शुक्रबार ०९:५४ मा प्रकाशित


“Oli should be sworn again” – Kamal Thapa
विशाल चौतारी समाचार ।
काठमाडौँ , २०७४ फाल्गुन ४ शुक्रबार । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्रीको शपथ लिने क्रममा ओलीले ‘देश’ शब्द उच्चारण गर्ने क्रममा छुटाएको भन्दै थापाले दोहोर्‍याएर शपथ लिन सल्लाह दिएका हुन् ।
पूर्वउपप्रधानमन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो । निश्चय नै यो नियतवस होइन । त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु । शपथमा देश छुट्नु राम्रो होइन ।’ उनले एक दृष्टान्त उदृत गर्दै भने अमेरिकी राष्ट्रपति ओवामाले शपथमा सामान्य त्रुटी हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहोर्‍याएर शपथ लिएका थिए ।

प्रतिक्रिया