Bisal Chautari Logo

नेपाल—भारत सीमाबाट फरार आतंककारी पक्राउ

- ३ फाल्गुन २०७४, बिहीबार ०९:५५ मा प्रकाशित


Arrested terrorists from Nepal-India border
विशाल चौतारी समाचार ।
नयाँ दिल्ली, २०७४ फाल्गुन ३ बिहिबार । भारतीय प्रहरीले बुधबार अत्यधिक खोजी सूचीमा रहेका एक जना आतंककारीलाई पक्राउ गरेको दाबी गरेको छ ।
अधिकारीहरूले दिएको जानकारीअनुसार भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खानलाई प्रहरीले पक्राउ गरेको हो ।नेपाल — भारत सिमानामा खटिएको दिल्ली प्रहरीको विषेश टोलीले खानलाई एकाएक पक्राउ गरेको उनीहरूले बताएका छन् ।
“खान सन् २००८ देखि फरार रहेका थिए, उनलाई पक्राउ गर्न सफल हुनु ठूलो उपलब्धि हो,” दिल्ली प्रहरीका उपप्रमुख पी एस कुशहवाले भन्नुभयो ।खानलाई धेरै आतंकवादी हमलामा संलग्न भएको मानिएको छ । प्रहरीले कारबाही गर्न लागेपछि उनी लुक्दै भाग्दै आएका थिए ।

प्रतिक्रिया