Bisal Chautari Logo

गायक रोशनको भ्यालेन्टाइन जोडीहरुका लागी ‘ख्याल ठट्टा पो रैछ’ गीत सार्वजनिक (लिरिकल भिडियो)

- २ फाल्गुन २०७४, बुधबार १५:४५ मा प्रकाशित


Roshan Rai – Khyal Thatta po raichha Lyric Video song
विशाल चौतारी समाचार ।
काठमाडौँ, २०७४ फाल्गुन २ बुधबार । प्रेम दिवसको अवसरमा गायक रोशन राईको ‘ख्याल ठट्टा पो रैछ’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतको लिरिकल भिडियो आज फेब्रुअरी १४ मै सार्वजनिक गरिएको हो । गायक रोशनले सार्वजनिक गीतको बारेका बोल्दै प्रेमिल जोडीहरुका लागी यो गीत विशेष हुने सोचले सार्वजनिक गरिएको बताए ।
गायक रोशनको ‘गायन एल्बममा समावेश गीत भ्यालेन्टाइन डे जोडीहरुका लागी विशेष सरप्राइज हुनेछ । चन्द्र केसीको शब्द रहेको गीतलाई हरी लम्सालले संगीत भरेका छन् ।
‘ख्याल ठट्टा पो रैछ’ बोलको गीतलाई विशाल चौतारी टिभीबाट सार्वजनिक गरिएको हो । यस गीतको भिडियोपनि चाडै बन्ने गायक रोशनले बताए ।

लिरिकल भिडियो हेर्नुहोस् :


Singer : Roshan Rai
Song writer : Chandra Kc
Composer: Hari lamsal
Album : gaayan

प्रतिक्रिया