Pradeep Khadka and Jassita Gurung movie LILY BILY song GHUMNA JAU ENGINE GADIMA
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ फाल्गुन २ बुधबार । प्रेम दिवसको अवसर पारेर चलचित्र ‘लिलिबिली’मा समावेश गरिएको दोश्रो गीत रिलिज गरिएको छ । चलचित्रको ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीत सार्वजनिक गरिएको हो । एस डी योगीको स्वर तथा संगीत रहेको यो गीतमा ‘एकतारे’को शब्द छ ।
गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतलाई स्कटल्याण्डमा खिचिएको हो । सुदिप बरालले यो भिडियो खिचेका हुन् ।
मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा मिलन, गोविन्द शाही र सुदिप खड्काको लगानी छ । प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको मुख्य भूमिका छ । चन्द्र पन्तको एक्सन, अर्जुन जीसी सम्पादन छ । चलचित्रलाई चैत्र ३० गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ ।
यसैविच, चलचित्रको यो गीतको कभर भिडियो प्रतियोगीता आयोजना गरिएको छ । उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख नगद पुरस्कार दिने बताइएको छ । युटुबमा सर्वा्धिक भ्यूज पाउनेलाई पुरस्कार दिने बताइएको छ ।
Cast: Pradeep Khadka,Priyanka Karki,Jassita Gurung, Anoop Bikram Shahi,Saabin Shrestha, Manish Shrestha, Dhurba Dutta,Ritesh Chams
Costume: Alya Giri(Alisha)
Make-up: Bina Rai
Choreographer: Kabiraj Gahatraj
Publicity Design: Trident Creation
Action: Chandra Panta
Colorist: Renish Phago
Editor: Arjun G.C.
VFX: Shree Krishna Shrestha
Cinematographer: Sudip Baral
Chef Asst. Director: Giriraj Ghimire
Producer: Govinda Shahi, Sudip Khadka
Director: Milan Chams
#bisalchautari
प्रतिक्रिया