Bisal Chautari Logo

अनलाइनमा आइफोन-८ किनेको तर घरमा आईपुग्यो लुगा धुने साबुन

- २८ माघ २०७४, आईतवार ११:२४ मा प्रकाशित


Iphone-8 bought online but came home to wear soaps
एजेन्सी
काठमाडौँ, २०७४ माघ २८ आइतबार । ईन्टरनेटको जमानामा अनलाइन सपिङको क्रम बढ्दो छ । किनमेलको लागि बजारसम्मै धाउनु पर्ने कष्ट र समयको बर्बाद हटाउन अनलाइन सपिङ गर्नेको संख्या बढ्दो छ ।


घरमै बसेर ईन्टरनेटको सहायताले आफुले चाहेको चीजबस्तुको अर्डर गरेको सामान घरमै आईपुग्छ भने किन कष्ट गर्ने भन्ने मान्छेको मनमा खेल्छ । हो, यस्तै सोच राखेर एकजनाले अनलाइनमार्फत् आईफोन द्धअर्डर गरे । उनी आईफोन आउनेमा ढुक्क थिए, तर घरमा आईदियो आईफोनको सट्टा लुगाधुने साबुन ।
तर यो घटना नेपालमा भने भएकोे होईन् । यो छिमेकी मुलुक भारतको मुम्बईमा भएको हो । २६ वर्षका एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन–८ अर्डर गरेका थिए । उनले अनलइन मार्फत अर्डर गरेकाले पैसा पनि अनलाइन मार्फत नै तिरिसकेका थिए । तर, घरमा आइफोनको सट्टा लुगा धुने साबुन आएपछि उनी छाँगाबाट खसेझैँ भए ।
तबरेज मेहबुब नाग्रलीका अनुसार आईफोन–८ को लागि ५५ हजार रुपैयाँ उनले अनलाइनमार्फत् नै भुक्तानी गरेका थिए । तर जनवरी २२ तारिकमा पानभेलस्थित निवासमा डिटर्जेन्ट साबुन आएको उनले बताएका छन् ।
उनले आफूलाई ठगेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । ‘फ्लिपकार्टले धोका दिएको र अपराध गरेको भन्दै उनले उजुरी दर्ता गराएका बिकुला प्रहरी स्टेशनका वरिष्ठ प्रहरी निरीक्षक अविनाश शिंगटेले जानाकरी दिएका छन् । फ्लिपकार्टका प्रवक्ताले भने भारतीय समाचार एजेन्सी पीटीआईलाई यस विषयमा अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रतिक्रिया