Babina Kiratee song Mathi Mathi
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २८ आइतबार । युवा पुस्ता गायिकाहरुको भिडमा निकै फरक स्वरकी धनी गायिका बबिना किराँतीको ‘माथी माथी हिमाली भेगमा’ बोल मारुनी गीत सार्वजनिक भएको छ । गायिका बबिनाको गायनसंगै मोड्लिङपनि उत्कृष्ट रहेको छ । उनका फ्यानहरुका लागी यो भिडियो बिशेष हुन सक्छ ।
संगितकार तथा गीतकार डि आर अटुको शब्द संगितमा सृजित ‘माथी माथी हिमाली भेगमा’ बोल मारुनी गीत केही दिन अगाडी सार्वजनिक भएको हो । पूर्वको लोकप्रिय मारुनी भाकामा बनेको गीत अनी म्युजिक भिडियो तारिफ योग्य रहेको छ ।
निर्देशक युवराज वाइवाको निर्देशनमा बनेको म्युजिक भिडियो एक जोडीको प्रेमकहानीलाई उतारिएको छ । म्युजिक भिडियोको छायांकन नेपालको पर्यटकिय स्थल लमजुङ जिल्लाको घले गाउँमा छायांकन गरिएको छ । यस म्युजिक भिडियोमा गायिका स्वयम बबिना र अनिश मगर फिचरिङ छन् । यस भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।
बिन्ध्यबासिनी म्युजिकबाट सार्वजनिक गरिएको गीतलाई राजु कार्कीले संगित सम्योजन गरेका छन् ।
Song: Mathi Mathi Himali Bhegma ( Maruni )
Vocal : Babina Kiratee
Lyrics/Music : D.R. Atu
Arrange : Raju Karki
Mixing: Prakash KC
Pre-mastering : Kishor Thapa
Album : Morning the beginning
Camera : Utsav Dahal
Director : Yubraj Waiba
Editor : Nishan Ghimire
Models : Babina Kiratee & Anish Magar
प्रतिक्रिया