Facebook Award won by the company of Nepali youth
एजेन्सी
काठमाडौँ, २०७४ माघ २६ शुक्रबार । समाजिक सञ्जाल फेसबुकले दिने प्रतिष्ठित पुरस्कार अभिनव सहसंस्थापक रहेको बिन भोयाज कम्पनीले जितेको छ। नेपाली युवक अभिनव खनाल सहसंस्थापक रहेको कम्पनीले व्यवसाय (सोसल अन्टरपेनरसीप) ग्रान्ड अवार्ड जितेको हो।
अभिनवको कम्पनी बिन भोयाज कोष्टारिकामा छ । यसले संसारभरका महिला कफी उत्पादकहरुलाई फेसबुकमार्फत आफ्नो व्यवसाय प्रवर्धन गर्न सघाइरहेको छ । पुरस्कार राशी ५५ हजार अमेरिकी डलर छ । तर, फेसबुकले रकम दिने नभइ विज्ञापन र फेसबुकका उच्च कर्मचारीहरुले व्यवसाय कसरी अगाडि बढाउने भन्ने प्रशिक्षण दिनेछन् ।
फेसबुकको प्रयोग गरेर समाजमा सकारात्मक प्रभाव छाड्ने उद्यमीहरुलाई यो अवार्ड प्रदान गरिन्छ । तीन कम्पनी फेसबुकबाट पुरस्कृत भएका थिए । जसमा बिन भोयाजले पहिलो पुरस्कार हात पारेको हो ।
फेसबुक लाइभमार्फत अवार्ड विजेताहरु घोषणा गर्दै फेसबुककी उपप्रमुख भीपी क्यारोलिनले बिन भोयाजले परम्परागत कफी व्यापारमा ठूलो सुधार गरेको बताएकी छन् ।
प्रतिक्रिया