Bisal Chautari Logo

अनमोलको ‘कृ’ र अक्षयको ‘प्याडम्यान’ को भिडन्त: भोलीबाट एकैसाथ रिलीज

- २५ माघ २०७४, बिहीबार ११:०९ मा प्रकाशित


Anmol and Aksha
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २५ बिहिबार। नेपालका हलहरुमा माघ २६ अर्थात भोली शुक्रबारबाट दुई फिल्महरु प्रदर्शनको तयारीमा छन् । एउटा चर्चित नायक अनमोल केसीको ‘कृ’ भने अर्को बलिउडका सुपरस्टार अक्षय कुमारको ‘प्याडम्यान’ रहेका छन्।
नेपालमा गोपीकृष्ण मुभिजले बलिउड फिल्म ‘प्याडम्यान’लाई नेपालमा ल्याउनको लागि फिल्म निर्माण टीमलाई ५० लाख भारु अर्थात ८० लाख नेपाली रुपैयाँ तिरेका छन् । ‘प्याडम्यान’का नेपाल बितरक निरज पौडेलले उक्त कुरा बताएका हुन् ।
३ करोडको लागतमा बनेको नेपाली फिल्म ‘कृ’ले ५० लाखमा नेपाल भित्र्याईएको बलिउड फिल्म ‘प्याडम्यान’सँग भिड्नुपर्ने हुन्छ । अनमोल भने यस कुुरामा ढुक्क छ कि नेपाली दर्शकहरुले आफ्नै नेपाली फिल्मलाई मायाँ गरिसकेकोले दर्शकहरुले नेपाली फिल्म नै हेर्नेछन् ।

प्रतिक्रिया