etting rid of the ‘nai nabhannu la 5’
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २५ बिहिबार। नेपालको अहिलेसम्मको लामो सिक्वेल फिल्म ‘नाईं नभन्नु ल’को पाचौँ सिरिजमा पनि नाम चलेका स्टार कलाकारहरु हुने भएका छन् ।
फिल्मका निर्देशक बिकास आचार्यका अनुसार फिल्ममा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, राजाराम श्रेष्ठ, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।
स्क्रिप्टको काम सक्किसकेको फिल्ममा गीतसंगीत पनि तयार भईसकेका छन् । फिल्ममा अन्य कलाकारहरुको भने टुङ्गो लागिनसकेको आचार्य बताउँछन् ।
अरु कलाकारको टुङ्गो लाग्ने बित्तिकै फिल्म छायांकनमा जाने छ । ९० प्रतिशत छायांकन इलाम र बाँकी काठमाण्डौँ छायांकन हुने यो फिल्म चैत १५ देखी फ्लोरमा जाँदैछ ।
प्रतिक्रिया