BLIND ROCKS Movie Trailer 2018 shristi kc and Benisha Hamal
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ २३ मङ्गलवार । चलचित्र ‘ब्लाइन्ड रक्स’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएको छ । श्रृष्टी केसीको जीवनमा आधारित यो बायोपिक चलचित्रमा नायिका वेनिशा हमालले मुख्य भूमिका निर्वाहा गरेकी छिन् । सार्वजनिक ट्रेलर हेरेपछि उपस्थित पत्रकार र अन्य कलाकारहरुले अभिनेत्री बेनिशाको कामको तारिफ गरेका थिए ।
बेनिशाले श्रृष्टीको बायोपिकमा काम गर्नका लागि तौल समेत घटाएकी थिइन् । साथै, उनले यो चलचित्रका लागि श्रृष्टीको आनीबानी, बोलीचाली सबै सिन्न ३ महिना संगै साथमा थिइन् । चलचित्रमा अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा निकेश लिम्बुको लगानी छ । चलचित्र फागूण १८ गतेबाट रिलिज हुँदैछ । पत्रकार सम्मेलनमा बोल्दै श्रृष्टीले भनिन्–‘यो चलचित्र निर्माणसँगै मेरा हजार आँखा खुलेका छन् । मलाई यसले दृष्टि दिएको छ ।’ निर्देशक मिलन चाम्सले बायोपिक चलचित्र बनाउनु आफैमा चुनौती भएको बताए । यो विश्वभर रहेका धेरै भन्दा धेरै मानिसले हेरुन् भन्ने चाहना आफ्नो रहेको मिलनको भनाई थियो । उनले नायिका हमालको कामको खुलेरै तारिफ पनि गरे । नायिका बेनिशा हमालले एउटा चुनौतीपूर्ण चलचित्रमा काम गरेको बताइन् । यो चलचित्र आफ्ना लागि विशेष रहेको उनको भनाई थियो ।
Artist: Benisha Hamal, Arpan Thapa, Gauri Malla, Anil Keshari Shah, Bashanta Bhatta
Writer: Yam Thapa, Suman Upreti
Editor: Arjun G.C
Production Controller: Binod Subedi (Kshitiz)
Distributor: Govinda Shahi (Kafiya Films), Manoj Rathi, Ujjwol Paudel
Post Production: Film Motion Nepal
Digital Rights: Highlights Nepal
Producer: Nikesh Limbu
Director: Milan Chams
Releasing In Cinemas On 2nd March 2018 | 18th Falgun 2074
प्रतिक्रिया