Bisal Chautari Logo

ओलीविरुद्ध जथाभावी लेख्ने तिमल्सिनालाई प्रचण्डले कार्यालयबाटै हटाए

- २३ माघ २०७४, मंगलवार ०८:३८ मा प्रकाशित


Prachand removed from the office to Tulsina, who wrote a written article against Oli
विशाल चैतारी समाचार
चितवन , २०७४ माघ २३ मंगलबार । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीविरुद्ध फेसबुकमा जथाभावी लेख्ने आफ्नै सहयोगीलाई कार्यालयबाट हटाएका छन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र त्यसलाई ओली सँग जोडेर अतीरन्जीत तरीकाले ओली बीरुद्ध गरीएको गलत टीका टीप्पणी र अफवाह फैलाएको विषय जुन सामाजिक संजालमा भाईरल भएको थियो । जव प्रचण्ड सँग ओलीको भेट भयो ओलीले प्रेस संयोजक मनहरी तिमल्सिना कार्यमा भए नभएको र यदी भए तुरुन्त हटाउन आदेश दिएका थिए तत्कालै प्रचण्डले तिमल्सिनालाई जिम्मेवारीबाट हटाएका हुन् ।
तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकको ग्रुप च्याटमा ओलीविरुद्ध ‘क्याम्पेनिङ’ गरेको विषय भाइरल बनेको थियो ।तिमिल्सिनाले ओलीका तीन अवतार भन्दै ओलीविरुद्ध तीन आरोपहरु लगाएका थिए । उनले २०४६ देखि २०७२ सालसम्म दिल्लीभक्त, महाकाली सन्धिका प्रमुख योजनाकार, २०७२ असोजदेखि २०७४ माघसम्म चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार र ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गरेको आरोप ओलीमाथि लगाएका थिए । प्रकाश दाहालको निधनपछि तिमल्सिना प्रचण्डको दाहिने हातका रुपमा थिए ।

प्रतिक्रिया