Bisal Chautari Logo

आर्यनको श्रीमतीलाई विवाहमा नम्रताले सिँघार्ने

- २५ चैत्र २०७०, मंगलवार १६:२४ मा प्रकाशित


 गसिप
Aryan Sigdel and namrata shrestha
ब्रेकर : यी दुई जोडी एकअर्कामा यति निर्भर छन्, की बाथरुम जान परेपनि संगै हुने गरेका छन् ।
विशाल चौतारी समाचार
काठमाडौं, २५ चैत ।
अभिनेता आर्यन सिक्देल र अभिनेत्री नम्रता श्रेष्ठको जोडी नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ मार्फत नै फक्रिएको थियो । यहि जोडीको प्रेम सम्वन्ध चर्चा एउटा छुट्टै किसिमको रहेको थियो । तर यही जोडि मध्येका अभिनेता आर्यन सिक्देलको यही नयाँ वर्ष २०७१ साल बैशाख ६ गते बिबाह गर्दैछन् ।
फेरी यी दुई जोडी एकअर्कामा यति निर्भर छन्, की बाथरुम जान परेपनि संगै हुने गरेका छन् । यस्तै दृश्य त आज मंगलवार भएको उनीहरुकै चलचित्र ‘नोभेम्वर रेन’को कार्यक्रमको बिचमा पनि देखियो । कार्यक्रम सञ्चालन भइरहेकै समयमै उनीहरु उठेर बाहिर संगै गएका थिए । पछि प्रसंग उठेपछी अभिनेता आर्यनले नै भने–‘नमु काम गर्दा गर्दा यति थाकी सकेकी छिन् की म भन्नै सक्दिन । त्यसैले मैले बाथरुम सम्म लगेको हो’, अभिनेता आर्यनले सहजै बताए ।

अभिनेता सिक्देलको वैशाख ६ गते सपना भण्डारीसँग बिबाह बन्धनमा बाधिदैछन् । आर्यनले बिबाह गर्दा यी दुई चर्चित जोडी नम्रता र आर्यनलाई कत्तिको असर पर्छ तँ ? यहि विषयमा बोल्दै अभिनेत्री नम्रता श्रेष्ठले भनिन्–‘ आर्यनले बिहे गर्ने कुरा सुनेपछी म एकदमै खुसि छु । मैले आर्यनको श्रीमतिलाई फोन गरेर भनेकी थिए, की बिबाहको सपिङ गर्न हेल्प गर्नपर्छ भने म हेल्प गर्छु’, अभिनेत्री नम्रताले बताइन् । आर्यनको बिबाहमा जन्ति जाने समेत आफ्नो चाहना रहेको अभिनेत्री नम्रताले व्याक्त गरिन् ।

add

प्रतिक्रिया