Bisal Chautari Logo

पलको नामको सिन्धुर आचललाई || चलचित्र ‘शत्रु गते’को ‘पिरतीको बर्को’ गीत सार्वजनिक (भिडियो)

- १८ माघ २०७४, बिहीबार १२:५४ मा प्रकाशित


Paul Shah and Aanchal Sharma Shatru Gate movie Song Piratiko Barko
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ माघ १८ बिहीबार । चलचित्र ’शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’ पछि दोस्रो गीत ‘पिरतीको बर्को’ बोलको गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत, अर्जुन भट्टराईको शब्द रहेको गीतको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । गीतमा नायक पल शाह र नायिका आँचल शर्मा फिचरिङ छन् ।
प्रदीप भट्टराई निर्दे्शित फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा छन् ।
पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा दीर्घ गुरुङको छायांकन रहेको छ ।

भिडियो हेर्नुस् :


New Nepali Movie – “Shatru Gate” Song || Piratiko Barko || Paul Shah, Aanchal Sharma || Kali Prasad Baskota, Haribansha, Madan Krishna, Deepak Raj Giri, Deepa Shree Niraula
Maha Sanchar Presents
Kiran K.Cs
Movie : Shatru Gate
Cast: Madan Krishna Shrestha, Hari Bansha Acharya, Deepak Raj Giri, Deepa Shree Niroula, Priyanka Karki, Paul Shah, Aanchal Sharma, Basundhara Bhusal, Rajram Poudel,Shiva Hari Poudel, Kiran KC, Sushma Karki, Anju Maharjan,Ramesh Ranjhan Jha
Narendra Kansakar, Mohit Bamhsa Acharya, Raju Bhuju
Compose/ Vocal : Kali Prasad Baskota
Story: Hari Bamsha Acharya
ScreenPlay:Deepak Raj Giri, Pradeep Bhattrai
Director: Pradeep Bhattrai

प्रतिक्रिया