Bisal Chautari Logo

प्रिमियर शोमा ‘शेरबहादुर’ रुचाइयो

- १८ माघ २०७४, बिहीबार १२:१४ मा प्रकाशित


Sher Bahadur Nepali Movie Premier Review
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ माघ १८ बिहीबार । यहि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘शेरबहादुर’को हिजो बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्र हेरिसकेपछि प्राय सबै फिल्मकर्मी तथा मिडियाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
काठमाडौमा कुमारी हलमा सम्पन्न सन्ध्याकालिन प्रिमियर शो मा फिल्मकर्मी, मिडियाकर्मी तथा भिन्न भिन्न क्षेत्रसँग सम्बन्धित बिशिष्ट व्याक्तित्वहरुले फिल्म हेरे । नाम चलेका भेट्रान कलाकारहरुको प्रिमियर जमघटले माहोल गर्माएको थियो ।
चलचित्र हेरेर निस्किएपछि अभिनेत्री करिश्मा मानन्धरले जुन अपेक्षा लिएर हलमा छिरेको त्यो भन्दा माथी धेरै उत्कृष्ट पाएको प्रतिक्रिया दिइन् । अभिनेता पल शाहले फिल्मले पछिल्लो पटक रिलिज आम फिल्मको तुलनामा फरक स्वाद पस्केको बताए ।
त्यस्तै हाँस्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले सुनिल थापाको अभिनयको तारिफ गरे । सँगसँगै फिल्मले उठाएको विषयवस्तु तथा अन्य कलाकार रविन्द्र झा र मेनुका प्रधानको पनि खुलेर तारिफ गरे । यस्तै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्मप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरिन् । त्यस्तै कलाकार किरण केसीले ‘थ्रिलर’ जनराको फिल्ममा सुनिल थापाले निभाएको भुमिकालाई ‘डेञ्जर’ भने ।
सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झा, जान्वी बोहरा लगायतका कलाकारले निभाएको भुमिकालाई धेरै दर्शकले तारिफ गरेका छन् । निर्देशक आर राजवंशी तथा क्रियटिभ निर्देशकको भुमिका निभाएका प्रदिप भट्टराईको कामलाई पनि दर्शकले तारिफ गरे ।
शुक्रबारबाट दर्शक समक्ष आउने फिल्मलाई मल्टिप्लेक्स तार्गेटेड भनिएको छ । फिल्मलाई मल्टिप्लेक्स दर्शकले मन पराउने विश्वास निर्माण टिमको छ ।
ट्रेलर रिलिज बिना नै रिलिजको तयारीमा रहेको फिल्मलाई धरानमा खिचिएको छ । गौरिशंकर धुँजु र धिरज राजवंशी निर्माता रहेको फिल्मलाई दिर्घ गुरुङ र निर्णय जिसीले खिचेका हुन् । प्रमोद क्षेत्रीले लेखेको कथामा तयार फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

Bisalchautari Tv

प्रतिक्रिया