Bisal Chautari Logo

‘कान्छी’को ‘चरी चट्ट बोलको गीत’ हेरियो १ करोड भन्दा बढि

- १७ माघ २०७४, बुधबार १२:४२ मा प्रकाशित


The ‘earliest’ song of ‘cherry chant talk’ was over $ 1 million
विशाल चैतारी समाचार
काठमाण्डौ, २०७४ माघ १७ बुधबार । चलचित्र ‘कान्छीको चरी चट्ट परी बोलको गीतले लोकप्रिय बनेको छ । यो चलचित्र फागूण ४ गतेबाट रिलिज हुँदैछ । तर गीत भने हिट भैसकेको छ । लोकलयमा आधारित चलचित्रको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीत १ करोड भन्दा बढी पटक हेरिएको छ । चलचित्र रिलिज अगावै गीतसंगीतले यस्तो लोभलाग्दो सफलता कमै मात्र पाउँछन् ।
राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ । यो गीतमा चलचित्रका मुख्यकलाकार दयाहाङ राई, स्वेता खड्का, अनु शाह र भूमिका श्रेष्ठलाई फिचरिङ गरिएको छ ।
आकाश अधिकारीको निर्देशनमा तयार भएको यो चलचित्रको गीत हिट भएपछि नायिका तथा निर्मात्री स्वेता खड्का उत्साहित छिन् । उनले, चलचित्रको गीतका कारण पनि व्यापारमा फरक पर्ने बताइन् । यो गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

प्रतिक्रिया