Bisal Chautari Logo

अमेरिकाबाट फर्काइयो नेपाली विद्यार्थीलाई, पढाई अलपत्र हुने

- १२ माघ २०७४, शुक्रबार १०:४१ मा प्रकाशित


The Nepali student returned from the US
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ १२ शक्रबार । अमेरीकाबाट एक नेपाली बिद्यार्थीलाई फर्काइदिएको छ । जनवरी महिनाको पहिलो साता सान्फ्रानसिस्को अन्तर्राष्ट्रिय एयरपोर्ट सुरक्षा जाँचले नेपाल फर्काइदिएको हो ।
रमेश थापा ९नाम परिर्बतन०लाई तीन वर्ष अमेरिका बसेका उनी नेपाल आएर फर्कने क्रममा अध्यागमनले सोधपुछ गर्दै फर्काइदिएको हो । उनको पढाई अलपत्र हुने देखिएको छ । उनी ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीमा पढ्दै आएका छन् । यो घटनाले उनका कलेजका सहपाठीहरू समेत चिन्तित भएका छन् । अध्यागमनले आफूलाई फर्काईदिएको जानकारी थापाले लिंकन युनिभर्सिटीलाई समेत गराईसकेका छन् ।
लिंकनमा अध्ययन गर्न आउने विद्यार्थी सानफ्रान्सिस्को एयरपोर्ट अध्यागमनले फर्काएको पहिलो घटना भने होइन । एक वर्ष बिचमा अरू दुई जनालाई पनि फर्काइसकेको छ ।
अध्यागमन सम्बन्धी जानकार वकिल गोपाल शाहाका अनुसार विमानस्थलमा रहने बोर्डर सुरक्षा निकाय ९सीबिपी०ले आवश्यक जाँचबुझ गर्दा शङ्का लागेमा फर्काउने गरेको बताउँछन् । सी भी पीका गतिविधि अहिले अलि बढी आक्रमक भएका हुँदा विद्यार्थी र अरू भिसामा आउनेलाई फर्काउने क्रम बढेको हो । पछिल्ला केही महिनामा सानफ्रानसिस्को विमानस्थलबाट ६ जना नेपाली फर्काइएको छ ।

प्रतिक्रिया