Bisal Chautari Logo

कार्टुन्ज क्रुको नयाँ गीतमा प्रियंका कार्कीको बबाल डान्स (भिडियोसहित)

- ११ माघ २०७४, बिहीबार १२:३४ मा प्रकाशित


With Priyanka Karki in the new song of Cartoon Kruu
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ ११ बिहिबार । नायिका प्रियंका कार्की चर्चित डान्स ग्रुप कार्टुन्ज क्रुसँग देखिएकी छिन् । क्रृको बिहीबार सार्वजनिक भएको नयाँ गीतको म्युजिक भिडियोमा ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियोमा देखिएकी हुन् ।
भिडियोमा नायिका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको गज्जब अभिनय छ । लामो समयपछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका छन् ।
यसअघि चलचित्र पुरानो डुंगा को ‘निर जैले रिसाउने’ बोलको गीतमा उनीहरूले सँगै फिचरिङ गरेका थिए । बिहीबार सार्वजनिक भिडियोमा प्रियंका, आशामा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायाङ्कन सुदिप बरालले गरेका छन् । मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा वसन्त सापकोटाको सङ्गीत छ ।
गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि खुलेको छ । मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ । साथै यसअघि आएको गीत ‘जता जता पिरतीको बाटो’को कभर डान्स प्रतियोगिताको विजेता पोखराको ‘क्रिस्टल क्लज डान्स ग्रुप’लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

 

भिडियो

Machhile Khane Kholi Ko Leu By Melina Rai & Saroj Oli
Ft. Priyanka, Saroj, Aashma

Vocal: Melina Rai, Saroj Oli
Music: Basanta Sapkota
Arrange: Udaya Raj Paudel
Mixing/ Mastering: Kishor Thapa
Recordist: Markus Das
Production Manager: Bishnu Budhathoki
Communication Officer: Hari Jang Thapa
Logistic Officer: Balkrishna Oli
Finance Officer: Sailesh Khatri
Colorist: Renish Phago
Editor: Arjun GC
Cinematographer: Sudip Baral
Director: Kabiraj Gahatraj

 

प्रतिक्रिया