Bisal Chautari Logo

देउवा जी बैशमै बृद्धभत्ता खाने हो?- अध्यक्ष केपी ओली

- ११ माघ २०७४, बिहीबार १२:१६ मा प्रकाशित


Dewu jee is a rich man in the party president KP Oli
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ ११ बिहिबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पत्रकार सम्मेलन गरेर सरकारका पछिल्लो निर्णयहरुको आलोचना गरेको छ ।
                                                                                                                              फाइल फोटो

ओलीले संविधान, कानुन र राष्ट्र हित विपरितका निर्णयहरु नयाँ सरकारले अस्वीकार गर्ने समेत बताए। उनले कामचलाउ सरकारले देशलाई कंगाल बनाउन खोजेको आरोप समेत लगाएका छन् । देउवा सरकार संविधानको गलत ब्याख्या टिकेको भन्दै एमाले अध्यक्ष ओलीले जाने बेलामा जथाभावी निर्णय गरेर देश र अर्थतन्त्रलाई नै संकटमा पार्न खोजेको जनाए।
६५ बर्षमा नै बृद्धभत्ता दिने सरकारको निर्णयको विरोध गर्दै ओलीले भने, ‘अर्कोले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने । अनी वैशमै बृद्धभत्ता खाने हो रु’ नयाँ कर्मचारी भर्ना गर्नु पर्ने बेलामा ६० अर्ब खर्च गरेर भएका कर्मचारीको स्वच्छिक अवकास दिन खोजिएको भन्दै उनले यसको पनि विरोध गरेका हुन् ।

प्रतिक्रिया