Bisal Chautari Logo

छाउगोठ र दाइजोविनाको विवाहमा ‘साथी’

- ११ माघ २०७४, बिहीबार १२:०१ मा प्रकाशित


‘Companion’ in marriage with Chauvat and Dijo
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ ११ बिहिबार । कुरीति र अव्यावहारिक सामाजिक संस्कारलाई तिलाञ्जलि दिँदै विभेद तथा हिंसाको दुष्चक्रबाट महिला तथा बालिकालाई जोगाउने उद्देश्यले २५ वर्षअघि स्थापित परोपकारी संस्था ‘साथी’ले छाउगोठ र दाइजोविनाको विवाह अभियानलाई निरन्तरता दिएको छ ।
                                                                                                                फाइल फोटो

साथी स्थापनाको २५ औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले लैंगिक हिंसाविरुद्ध डटेर लड्न नारी नेत्रीहरूलाई आह्वान गर्नुभयो । तीनवटै तहका निर्वाचनबाट चुनिएका महिलाले प्राप्त गरेको स्थानले नेपाल महिला सशक्तीकरणका पक्षमा रहेको दर्शाउँछ भन्दै उहाँले जनजाति, दलितलगायत सबै वर्गका महिलालाई राजनीति र विकासको मूल प्रवाहमा समाहित गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले महिलाका हकअधिकार सुरक्षित गरेको छ, महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीति सरकारले अपनाएको छ । ” त्यस अवसरमा प्रधानमन्त्रीले साथी स्थापनामा योगदान गर्नुभएका माधुरी राणा सिंह, आरजू राणा देउवा, प्रमदा शाह र वन्दना राणालाई सम्मान गर्नुभयो ।
संस्थाका अध्यक्ष उमाराज्यलक्ष्मी शाहले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी ६६ साझेदार संथाको सहयोगमा सञ्चालित भई महिला अधिकारको रक्षा र सशक्तीकरणसँगै घरेलु र लैंगिक हिंसाविरुद्ध कार्यरत साथीले महिलाविरुद्धका हिंसा, नयाँ कानून निर्माण, नीति तर्जुमा, आश्रयस्थल सञ्चालनलगायत नारी हकहितका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।
पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार १५ देखि ४९ वर्ष समूहका २२ प्रतिशत महिला शारीरिक हिंसा, सात प्रतिशत यौनहिंसा तथा २६ प्रतिशत विवाहिता श्रीमान्बाट प्रताडित हुने गरेका छन् ।

प्रतिक्रिया