Bisal Chautari Logo

बालिका बलात्कार गर्ने सेनाका मेजर जेल चलान

- ११ माघ २०७४, बिहीबार ११:४१ मा प्रकाशित


Major jail run by the girl rape
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ ११ बिहिबार । एक बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका नेपाली सेनाका मेजर प्रभवविक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
बाग्लुङको २३ नम्बर वाहिनीमा कार्यरत उनलाई काठमाण्डौं जिल्ला अदालतले बिहीबार दिएको आदेश अनुसार जेल चलान गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक रवि पौडेलले जानकारी दिए । गत १४ पुसमा बुद्धनगरस्थित आफन्तको घरमा १४ वर्षीय बालिकालाई बलात्कार गरेको पीडितको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो । शाहबिरुद्ध जबरजस्ती करणी मुद्दा अन्तर्गत बाल यौन दुराचारसम्बन्धी मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया