Go to the hero Bhuvan KC and Zia Scotland
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ ११ बिहिबार । अहिले नायक भुवन केसी र नायिका जिया केसीको सम्बन्धको बारेमा विभिन्न टिका–टिप्पणी हुने गरेका छन् ।
‘ड्रिम्स’ र ‘कृ’ को हरेक छायाँकनमा भुवन–जिया सँगसँगै देखिएकी थिइन् । त्यसैले त फिल्मी क्षेत्रमा ‘जहाँ भुवन, त्यहाँ जिया’ भनेर गफ गरिने गरेको छ । फिल्म ‘कृ’ मा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको छायाँकनका लागि भुवनले जियालाई पनि सँगै स्कटल्याण्ड लैजाने भएका छन् ।
यो गीतको छायाँकन ४ दिन लगाएर स्कटल्याण्डमा गरिने जनाइएको छ । फिल्म माघ २६ गतेबाट रिलिज हुँदैछ । तर, फिल्मको एउटा गीतको छायाँकन अझै बाँकी छ । फिल्मको कथामा यो गीत विदेशी लोकेसनमा नै खिचिनुपर्ने भएकाले स्कटल्याण्ड जान लागिएको बताइएको छ ।
गीतमा मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकीको रोमान्स देख्न पाइने छ । सुवास गिरी र भुवन केसीको निर्देशनमा बनेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ ।
प्रतिक्रिया