Bisal Chautari Logo

‘स्पन्दन’ आठ सुन्दरीसंग सुनकोसिको किनारमा मस्ति गर्दै (फोटो फिचर सहित)

- २८ चैत्र २०७०, शुक्रबार १४:२१ मा प्रकाशित


Spandan Sworhang Rai new song fyttylyfyw
सुकुटे, २८ चैत । डेढ वर्ष अगाडी सार्वजनिक भएको रक गीत ‘बाल मतलब’ बोलको गीत मार्फत नेपाली साङ्गीतिक क्षेत्रमा चर्चामा आएका गायक स्पन्दन स्वरहाङ राई गत बुधवार सुनकोसिको किनारमा आठ युवतीहरुसंग मस्ति गर्दै गरेको अवस्थामा भेटिए । ‘फित्तिलिफीउको चालै फित्तिलिफीउ हाहाहा….’ लेखिएको टिर्सट, कालो लामो कपाल र उही आफ्नै पुरानै गेटअप हल्का च्यातिएको कालो रंगको जिन्स पाईन्ट र कालै जुत्तामा रक गायक स्पन्दन आठ सुन्दरीहरुसंग मस्तिमा रहेका थिए । 
तर प्रसंग भने रक गायक स्पन्दनको दोस्रो गीत ‘फित्तिलिफीउ’ को छायाकनको रहेको छ । नेपाली साङ्गीतिक क्षेत्रलाई केही योगदान उद्देश्यले गायक स्पन्दन स्वरहाङले नयाँ–नयाँ किसिमका गीतहरु तयार पार्ने क्रममा आफ्नै स्वर, शब्द तथा संगीतमा यो गीत तयार पारेका हुन् । ‘फित्तिलिफीउ’ शब्दलाई आफैले सृजना गरेर गायक स्पन्दनले गीतमा प्रयोगमा ल्याएका छन् । यो शब्द उनैले जन्माएका हुन् । गायक स्पन्दन ‘फित्तिलिफीउ’ शब्दलाई प्रश्ट्याउदै भन्छन्, –‘गीतको बोल अनुसार एउटा युवती यतापनि ठिक्क उतापनि ठिक्क भन्न खोजेको छ । र यस ‘फित्तिलिफीउ’ शब्दको अर्थहरु जस्तै :– प्ले ब्वाई प्ले गर्ल, राम्रो नराम्रो, सेक्सी क्रेजी, ‘फित्तिलिफीउ’ इज एभ्रिथिङ, एभ्रिथिङ इज ‘फित्तिलिफीउ’ लगायतका अर्थहरु यस शब्दले राख्छ ।’
काठमाडौदेखी ७५ किलोमिटर टाढा सुकुटे बिच सुनकोसिको बिच भागमा म्युजिक भिडियोको छायाकन गरिएको थियो । गीतमा गायक स्पन्दनले आफ्नो पहिलो गीत बाल मतलबको भिडियोलाई कन्टिन्युटी दिन खोजेका छन् । उनी भन्छन्, पहिलो गीतकै सफल्ताले गर्दा फेरीपनि अर्को नया गीत दर्शकहरुका लागी बनाउन पाए । सो गीतको झझल्को यो गीतमा मदैन’, गायक राईले बताए । 
त्यस्तै म्युजिक भिडियो डाइरेक्सनमा पछिल्लो समय निकै ब्यास्त रहदै आएका निर्देशक पासाङ शेर्पाले आफुले अहिले सम्म बनाएका म्युजिक भिडियोहरु मध्ये निकै फरक शैली र गायक स्पन्दन आफैले उत्पती गरेको शब्द ‘फित्तिलिफीउ’ रहेकालेपनि राम्रो हुनेमा आसावादी रहेको बताए । म्युजिक भिडियोमा मिस नर्समा सहभागी भएकादेखी विभिन्न र्‍याम्पहरुमा उत्रिसकेका मोडलहरु म्युजिक भिडियोमा रहेका थिए । 
म्युजिक भिडियोमा मोडलहरु क्रमश : सृजना राई, करिस्मा थामी, सम्झना थापा मगर सिम्रिक तामाङ, सबिना खड्का, निकिता लिम्वु, सुस्मिता गुरुङ, र कर्मा शेर्पा लगायत रहेका थिए । म्युजिक भिडियोलाई दुई वटा क्यामेराले खिचिएको थियो । म्युजिक भिडियो खिच्नेहरुमा चक्र महर्जन र विष्णु बास्तोला रहेका थिए । म्युजिक भिडियोको कोरीयोग्राफी भने अर्चन राईले गरेका थिए ।

 




















 

 

 

 

 

 

 

 

 

add

प्रतिक्रिया