Bisal Chautari Logo

उपत्यकामा एउटै इञ्जिनमा ४/५ वटा आफै गुड्ने बस आउने

- ११ माघ २०७४, बिहीबार ११:१० मा प्रकाशित


In the valley, 4/5 buses will be settled in the same engine
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ ११ बिहिबार । उपत्यकामा जापानी सहयोग नियोग ९जाइका०ले अटोमेटेड गाइडवे ट्रान्जिट ९एजीटी० प्रणालीको अवधारणा अगाडि सारेको छ। यो स्वचालित यातायात प्रणाली हो । जाइकाको मेट्रो, मोनोरेलजस्ता ‘मास ट्रान्स्पोर्टेसन’भन्दा पनि यो प्रणाली काठमाडौंजस्तो भूगोलमा उपयुक्त हुने सुझाव छ ।
                                                                                                                         फाइल फोटो

जापानलगायत विकसित मुलुकमा चर्चित यातायात प्रणाली यो एउटै शक्तिशाली इन्जिनयुक्त गाडीमा रेलका जस्तै डिब्बाहरु जोडेर चलाउन सकिने अवधारणामा आधारित छ । तर, त्यसका लागि रेलको लिकजस्तै गुड्न गाइड गर्ने पूर्वाधार निर्माण गर्नुपर्छ । जापानले तयार पारेको ‘काठमाडौं उपत्यका यातायात गुरुयोजना’मा त्यस्तो प्रणाली तत्कालै कार्यान्यवन गर्न सकिने उल्लेख छ । र, जापानले त्यसका लागि औपचारिक प्रस्ताव नै अगाडि सारेको छ ।
एउटा बलियो इन्जिनको गाडी भए ४(५ वटा बस आफैं तान्छ र इन्धन पनि कम खपत हुन्छ । चार वटा रुटमा एजीटी प्रणाली तत्काल कार्यान्वयन गर्न सकिने जाइकाको गुरुयोजनामा उल्लेख छ । तीमध्ये दुई वटा रुटमा ‘पाइलट प्रोजेक्ट’ अगाडि बढाउन सकिने गरी प्रस्ताव आएको यातायात मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । कलंकी-बानेश्वर-तीनकुने र जावलाखेल-महाराजगञ्ज रुटमा त्यसको सम्भाव्यता अध्ययन गर्न सकिने जापानी प्रस्ताव छ ।चक्रपथलाई समेटेर तथा चक्रपथभित्र अर्को एउटा रुटमा एजीटी सञ्चालन गरिने गुरुयोजनामा उल्लेख छ ।

प्रतिक्रिया