Bisal Chautari Logo

सौगात र जस्मिनको फागुन ११ मा ‘पञ्चेबाजा’ बज्ने, आज भयो इंगेजमेंट (फोटो भिडियो सहित)

- १० माघ २०७४, बुधबार १२:५० मा प्रकाशित


Saugat and jasmin shed Panjwaja in Fergun 11
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ १० बुधबार । स्टारर  नायक सौगात मल्ल र कर्मा शाक्याद्धारा अभिनित चलचित्र ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाण्डौको क्यूज हलमा आयोजना भएको कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने ‘पञ्चेबाजा’ को ट्रेलरमा एक्सन, लभ तथा बदलाको कथा पस्किएको छ । फिल्ममा सौगात मल्ल, कर्मा, बुद्दी तामाङ, जस्मिन श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
घनश्याम लामिछाने निर्देशित फिल्ममा सौगात र कर्माका अलावा जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा राजेश शाहीको लगानी छ ।
एक गाउँका तीन पात्रको कथा फिल्ममा प्रस्तुत गरिएको निर्देशक लामिछानेले बताए । सारा गुरुङ सह(निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।

तस्बिर: नविन राई

भिडियो हेर्नुहोस

प्रतिक्रिया