Bisal Chautari Logo

अध्यक्ष शरदकुमार गौचनलाई हत्या गर्ने मुख्य सुटर चितवनबाट पक्राउ

- ९ माघ २०७४, मंगलवार ०७:१९ मा प्रकाशित


The main sutra to kill President Sharadkum Gauchan is arrested from Chitwan
विशाल चैतारी समाचार
चितवन, २०७४ माघ ०९ मंगलबार । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर प्रक्रउ परेको छ । प्रहरीले आज बिहान चितवनबाट मुख्य सुटर श्याम लामा गुम्बेलाई पक्राउ गरेको हो ।
                                                                                                                                फाइल फोटोे

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र रुपन्देही प्रहरीको टोलीले लामालाई पक्राउ गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए। लामा पूर्व सैनिक हुन्। घटनाका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित यसअघि प्रहरीले ११ जनालाई पक्राउ गरिसकेको छ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।
हत्याका मुख्य योजनाकार बस्नेतले लिखित बयानमा गौचनले आफूलाई साढे २ करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको बताएका थिए। डाँफे कन्सट्रक्सनमा आफ्नो र कुमार घैंटेको लगानी रहेको र पैसा फिर्ता माग्दा नदिएपछि हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

प्रतिक्रिया