Bisal Chautari Logo

फेसबुक मार्फत मनोज गजुरेलले सम्बन्ध बिच्छेदबारे पहिलोपटक यसरी दुखेसो पोखे !

- ९ माघ २०७४, मंगलवार ०७:०९ मा प्रकाशित


Manoj Gajureel expressed sad sadness for divorce for the first time
विशाल चैतारी समाचार
काठमाडौं , २०७४ माघ ०९ मंगलबार । चर्चीत हाँस्यकलाकार मनोज गजुरेले आफ्नो सक्बन्नध बिच्छेदबारे पहिलो पटक फेसबुकमा स्टाटस लेखेका छन् । मनोज र मीनाको केही समय अघि सम्बन्ध बिच्छेद भएको थियो । मनिा भने सम्बन्ध बिच्छेदको बारे मिडियाहरुमा बोले पनि मनोज भने बोलेका थिएन ।

                                                                                                                   फाइल फोटो

गजुरेलले सम्बन्ध बिच्छेदलाई लिएर आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै उनको पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति ध्यान आकृष्ट भएको बताएका छन् ।
आफू र श्रीमतीको अलग परिवेश भएका कारण सुरुदेखि नै मतभेद भएका कारण सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन नसकेको भन्दै स्ट्याटस लेखेका छन् ।
त्यस्तै उनले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गर्दै छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेको आफ्नो फेसबुक वालमा लेखेका छन् ।
उनले आफ्नो फेसबुक वालमा लेखेको स्ट्याटस यस्तो छ –
श्रध्देय शुभेच्छुक महानुभावहरू
सबैमा हृदयदेखि नमन
मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ । हामी ९मीना ढकाल र मनोज गजुरेल० बिगत दुई दशकभन्दा बढि समयदेखी बैवाहिक बन्धनमा बाँधिएका हौं ।
हामीबाट एक छोरा र एक छोरी ९मिरोज र मेमोरी०को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो ।
हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेका छौं ।
एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुस्खद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन । जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।
यो संवदनशिल घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मिनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततीको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।
अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मिठो अनुभूतिकालागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु । सबैको मंगल होस् १

प्रतिक्रिया