Bisal Chautari Logo

यूकेमामा साम्राज्ञी र धिरज जोडी रोमान्टिक मुडमा देखिए (भिडियो सहित)

- ७ माघ २०७४, आईतवार ०३:३७ मा प्रकाशित


dhiraj magar and samragyee rl shah movie Intu Mintu Londonma
विशाल चौतारी समाचार
काठमाडौं , २०७४ माघ ०७ आइतबार । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ निर्माणपक्षले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव अभिनेता धिरज मगरको रोमान्टिक तस्बिरहरु सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरहरु यूकेमा खिचिएको हो । रोमान्टिक मुडमा रहेका साम्राज्ञी र धिरजको जोडीलाई दर्शकहरुले रुचाउन सक्छन् ।
अभिनेत्री साम्राज्ञी र धिरजलाई लिएर निर्देशक रेनशा वान्तवा राईले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ घोषणा गरेको लामो समय भैसकेको छ । अभिनेत्री साम्राज्ञीको भिसा नलागेपछि चलचित्रको सुटिङ रोकिएको थियो । साम्राज्ञी दोश्रो पटक भिसा पाएर बेलायत पुगिन् । साम्राज्ञी बेलायत पुगेपछि लामो समयदेखि रोकिएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनमा व्यस्त भइन् रेनशा ।

भिडियो हेर्नुहोस्

यस चलचित्रको ७५ प्रतिशत छायांकन सकिएको निर्देशक रेनेशाले जानकारी दिइन् । नेपालको सबै छायांकन सकिएको यो चलचित्रको यूकेको पहिलो सेड्यूल पनि सकिएको जानकारी निर्माण टिमले दिएको छ ।
चलचित्रको बाँकी २५ प्रतिशत छायांकन वैशाखमा यूकेमै गरिनेछ । पहिलो तालिका अनुसार डिसेम्बरमा यूके फेस्टिभ सिजनका दृश्यहरु खिचिएको छ । प्रज्ज्वल शमशेर राणा र रेनशाकै कथा रहेको चलचित्रमा साम्राज्ञी र धिरजका साथमा सारुक ताम्राकारको मुख्य भूमिका छ ।
आइ कोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जवरा हुन् । चलचित्रमा अभिमन्यू दिक्षित र रेनशाको लेखन छ । आभाष कर्माचार्यको संवाद रहेको चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, टिसूजिल कर्मचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत छ ।

तस्बिरहरु : चलचित्र युनिटबाट

प्रतिक्रिया