Bisal Chautari Logo

कोटेश्वरबाट भक्तपुरसम्म सुरुङमार्ग बन्दै

- ५ माघ २०७४, शुक्रबार १२:०२ मा प्रकाशित


The tunnel route from Koteshwar to Bhaktapur
विशाल चौतारी समाचार
काठमाडौं , २०७४ माघ ०५ शुक्रबार । बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ ।्अत्यधिक जाम हुने क्षेत्रमध्ये एकमा पर्ने कोटेश्वर क्षेत्रबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङ मार्ग निर्माणका लागि काम अघि बढाईएको छ ।

फाइल फोटो

भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतको भनाई अनुसार बढ्दो सवारी साधन सँगै अस्तब्यस्त बनेका सडक र जामको बिकल्पको रुपमा यस्तो तयारी थालिएको जानकारी दिए ।
बस्नेतका अनुसार कोटेश्वर क्षेत्रदेखि भक्तपुरसम्म सहज सवारी आवागमनका लागि कोटेश्वर चोकमा फ्लाई ओभर निर्माण पनि अघि बढाइने बताए ।
‘सुरुङ मार्ग निर्माणका लागि डिपिआर बनाउने काम अघि बढाउँदैछौँ’, भक्तपुरको जगातीमा टेक मिडिया हाउसबाट आयोजित बधाई कार्यक्रममा बस्नेतले भने, ‘एक किलोमिटर लामो यो सुरुङमार्ग बनेपछि यातायात आवागमन सहज हुनेछ भने सुरुङ हेर्ने आन्तरिक पर्यटक पनि आउनेछन् ।’ यो सुरुङमार्गको विस्तृत अध्ययनपछि यसको लागतबारेमा आगामी सरकारसँग पहल गरी काम थालिने बस्नेतले बताएका छन् ।

प्रतिक्रिया