Bisal Chautari Logo

डा. बाबुराम भट्टराई परिवारसहित मिस्टर झोले हेर्न हलमा

- ५ माघ २०७४, शुक्रबार ११:५३ मा प्रकाशित


In the hall to see Mr Jole with Baburam Bhattarai family
विशाल चौतारी समाचार
काठमाडौं , २०७४ माघ ०५ शुक्रबार  ।  मिस्टर झोले हेर्न नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा। बाबुराम भट्टराई परिवारसहित सिनेमा हल पुगेका छन् ।

चलचित्रका नायक दयाहाङ राईले पनि भट्टराई परिवारसँगै बसेर आफ्नै चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमा लेखे–‘दयाहाङ राईसँगै सपरिवार मिष्टर झोले हेर्दै ! स्वस्थ मनोरञ्जनात्क नेपाली फिल्म हेर्नलायक रहेछ है
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र दयाहाङ राई, वर्षा राउत, दिया पुन, प्रविण खतिवडा, वृद्धि तामाङलगायतका कलाकारको अभिनय छ । टेकेन खड्काको प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको चलचित्र टेकेन खड्काको निर्माणमा बनेको हो । चलचित्रका कार्यकारी निर्माता रौनकबिक्रम कँडेल छन् ।

प्रतिक्रिया