Bisal Chautari Logo

रमा श्रीमान्–श्रीमती हुँदाहुँदै बाहिर मामा-भान्जी साइनो लगाउने भित्र प्रेमी-प्रेमीका

- ३ माघ २०७४, बुधबार १०:४९ मा प्रकाशित


Lover’s lover
विशाल चैतारी समाचार
काठमाडौँ, २०७४ माघ ०३ बुधबार । कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन् ।
घटनाको मुख्य योजनाकार उनी नै रहिछिन् । प्रहरीका लागि हिनामिना भएको रकम पनि खोज्नुपर्ने चुनौती थियो । प्रहरी अनुसन्धानमा लाग्यो ।
‘नेक्सस’ पहिल्याउँदै जाने क्रममा करिब ३३ लाख रुपैयाँ सेनाका सहायक रथी डा रमेश विष्टको बैंक खातामा भेटियो । प्रहरी चकित खायो । अब प्रहरीको अनुसन्धान सहायक रथी डा विष्ट र रेग्मीको सम्बन्धमा केन्द्रित भयो । आजको नयाँ पत्रिकामा खबर छ ।
घरमा श्रीमान्–श्रीमती हुँदाहुँदै प्रेममा
अनुसन्धानबाट खुल्यो, रेग्मी सहायक रथी डा विष्टलाई ‘मामा’ साइनो लगाउँदी रहिछिन् । डा विष्ट पनि रेग्मीलाई भान्जी भन्दारहेछन् । तर, उनीहरूबीचको यो साइनो बाहिर देखाउनका लागि मात्रै रहेछ । खासमा उनीहरू प्रेमी–प्रेमिका रहेछन् ।
त्यसो हुँदा उनीहरूबीच अन्तरंग सम्बन्ध रहेछ । सोही सम्बन्धका आधारमा रेग्मीले बैंकबाट हिनामिना गरेकोमध्ये करिब ३३ लाख रुपैयाँ डा विष्टको बैंक खातामा हालिदिएकी रहिछिन् ।

प्रहरी उच्च स्रोत भन्छ, ‘डा विष्ट र रेग्मीबीच प्रेमी–प्रेमिकाको सम्बन्ध रहेको खुलेको छ । उनीहरूबीच सबै खालका सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको हो । यो उनीहरूको निजी मामिला हो । यसमा हाम्रो भन्नु केही छैन ।

हामीले त अपराधको पाटो मात्रै हेर्ने हो । यसमा जर सा’बको पनि संलग्नता रहेको देखिएको छ ।’ सेनाको हिरासतमा रहेका डा विष्ट र प्रहरीको हिरासतमा रहेकी रेग्मी दुवै विवाहित हुन् ।

सैनिक कानुनअनुसार प्रहरीले सेनासँग सम्बन्धित ज्यान मुद्दाबाहेकका घटना अनुसन्धान गर्न मिल्दैन । त्यसो हुँदा रकम हिनामिनामा मुछिएका सहायक रथी डा विष्टको घटना प्रहरीले सेनालाई अनुसन्धान गर्न भनी प्रमाणसहितका सबै फाइल पठायो । सेनाले उक्त घटना छनबिन थालेको छ । यसका लागि सेनाले सहायक रथी डा विष्टलाई हिरासतमा लिएको छ । छानबिनपछि दोषी देखिए सैनिक ऐनअनुसार कारबाही गरिने सेनाको भनाइ छ ।
सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारी सहायक रथी डा विष्टमाथि ‘इन्क्वारी’ सुरु भइसकेको बताउँछन् । भन्छन्, ‘कृषि विकास बैंकको रकम हिनामिनामा सहायक रथी डा विष्टको संलग्नता हुन सक्ने आधार फेला प९यो, प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो । सोही आधारमा उहाँमाथि ‘इन्क्वारी’ थालिएको छ ।’
बैंकको लकरमा दुई केजी सुनका गहना
प्रहरीसँगको बयानमा रेग्मीले हिनामिना गरिएको रकमको स्रोत खोलेकी थिइनन् । प्रहरीले अनुसन्धान गरिरहेको थियो । यही क्रममा कृषि विकास बैंक न्युरोड शाखास्थित कार्यरत बैंकमा उनको निजी लकर रहेको खुल्यो ।
प्रहरीले लकर सम्बन्धमा रेग्मीलाई सोध्यो । तर, रेग्मी आफ्नो कुनै लकर नभएको भन्दै टकटकिइन् । प्रहरीले अनुसन्धान रोकेन । अझ कसिलो बनायो । यसका लागि बैंकको थप सहयोग लियो । अन्ततः रेग्मी लत्रिइन् । लुकाएर राखेको लकरको साँचो प्रहरीलाई दिइन् । प्रहरी कार्यालय पुग्यो । लकर पहिचान ग¥यो । साक्षी राखेर लकर खोल्यो ।
लकरमा गहनाका चाङ भेटिए । लकरभित्र तिलहरी, जन्तर, सिरबन्दी, चुरा, औंठी, झुम्का, सिक्री, ब्रासलेट, नेक्लेस, ढुङ्ग्रीलगायतका गहना थिए । यति धेरै गहना भेटिँदा प्रहरी चकित पर्‍यो । गहना जोखियो । पत्ता लाग्यो, दुई केजी सुनका गहना राखिएका रहेछन् । अनुसन्धान अब थप रोमान्चक बन्ने देखियो । प्रहरी रेग्मीकहाँ पुग्यो । सोधपुछमा जुट्यो । खुल्यो, उनले बैंकबाट हिनामिना गरेको रकममध्ये करिब एक करोड रुपैयाँबाट गहना खरिद गरी लकरमा लुकाएर राखेकी रहिछिन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रमुख डिआइजी पुस्कर कार्कीले भने, ‘बैंकबाट हिनामिना गरिएको रकम खोज्दै गयौँ । यसैक्रममा बैंकमा उनको निजी लकर छ भन्ने खुल्यो । लकर खोल्यौँ । लकरभित्र सुनका अनगिन्ती गहना फेला परे । जोख्दा पत्ता लाग्यो, लकरभित्र दुई केजी सुनका गहना रहेछन् ।’
यसरी पक्राउ परिन् दीपिका
कृषि विकास बैंक न्युरोड शाखामा रकम जम्मा गरेपछि सेवाग्राही ढुक्क भएर घर फर्कन्थे । किनकि बैंकले रकम जम्मा गरेको रसिद पनि सँगै दिन्थ्यो । तर, जब खातामा रहेको रकम इन्क्वायरी गर्थे जम्मा गरेको रकम खातामा हुन्नथ्यो । रिपोर्ट गर्न तुरुन्तै बैंक कार्यालयमा पुग्थे । यसरी उजुरी गर्नेको संख्या बढ्दै गएपछि अनुसन्धानको विकल्प थिएन । बैंकले गोप्य रूपमा सिआइबीको सहयोगले अनुसन्धान थाल्यो । अनुसन्धानपछि खुल्यो, बदमासी बैंककै कर्मचारीबाट भइरहेको छ ।
सिआइबीले अनुसन्धान अझ कसिलो बनायो । बदमासी बैंकका सहायक टेलर दीपिका रेग्मी बस्ने कम्प्युटरबाट भइरहेको सुइँको चल्यो । अनुसन्धान बढ्दै गयो । शंकाको घेरामा रेग्मी परेपछि सिआइबीले पक्राउ ग९यो । त्यसपछि खुल्यो, रकम हिनामिनाको पहेली । नयाँपत्रिका

प्रतिक्रिया