Bisal Chautari Logo

कर्तब्य ज्यान मुद्दामा सांसद दिपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, सांसद पद के भयो ?

- २ माघ २०७४, मंगलवार १२:४९ मा प्रकाशित


Deepak Manange for five years jail
विशाल चैतारी समाचार
इनरुवा, २०७४ माघ ०२ मंगलबार । मनाङको क्षेत्र नम्बर ख बाट प्रदेशसभा सदस्यमा विजयी दिपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।

           फाइल फोटो

कर्तब्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको सर्वोच्चले मनाङबाट प्रदेश सांसदमा विजयी मनाङेविरुद्ध यो सजाय सुनाएको हो ।
सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको हो । यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद स्वतस् निलम्बनमा परेको छ ।

प्रतिक्रिया