Bisal Chautari Logo

पहिलेका पति-पत्नी छाडेर प्रेम विवाह: मातेको जोसमा छुरा हानेर श्रीमानको हत्या

- २ माघ २०७४, मंगलवार १२:३३ मा प्रकाशित


Killing the husband by stitching
विशाल चैतारी समाचार
इनरुवा, २०७४ माघ ०२ मंगलबार । काठमाडौंको चमतीमा छुरा हानेर श्रीमान्को हत्या गरेकी छिन् । मदिरा पिएर झगडा हुदा सुनिता तामाङले राम तामाङको हत्या गरेको हो ।

                                                                                                                                                           फाइल फोटो

काभ्रेको कामीडाँडा घर भई काठमाडौंको चमती बस्दै आएका उनीहरुबीच ६ महिनाअघि मात्र प्रेम विवाह भएको थियो। ज्यामी काम गर्दै दुस्खसुख उनीहरुको जीवन चलिरहेकै थियो। विवाहित दुवैबीच प्रेम झाँगिदै गएपछि पहिलेका पति(पत्नी नै छाडेर जीवनको अर्को अध्याय सुरु गरेका थिए ।
केहि समया अगाडी मदिरा पिएर कुटाकुट हुदा उनीहरु घाइते पनि भएका थिए । तर, बिहान हुनासाथ बेलुकाको झगडा बिर्सन्थे। बिहान खुसीसाथ उनीहरु अँगालोमा बाँधिन्थे र काममा निस्कन्थे, डेरामा आएपछि सँगै बसेर मदिरा पिउँथे र त्यसपछि झगडा सुरु गर्थे।
सोमबार पनि कामबाट फर्किएपछि दुवै जनाले उसैगरी मदिरा पिए, जसरी अन्य दिन पिउने गर्थे। झगडा भयो, कुटाकुट भयो। तर, मदिराको नशामा सुनिता यति आवेगमा आइन् कि नजिकैको छुरामा उनको हात पुग्यो। त्यही छुरा टिपेर रामलाई प्रहार गर्दा रामको ज्यानै गयो ।
सोमबार बिहान ४ बजे प्रहरी घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ। श्रीमान्(श्रीमतीबीचको झगडा चर्कंदा मदिराको सुरमा सुनिताले श्रीमान्को हत्या गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

प्रतिक्रिया