Bisal Chautari Logo

दोस्रो किस्ता नलाने भूकम्पपिडितले पहिलो फिर्ता गर्न पर्ने

- २ माघ २०७४, मंगलवार १०:४७ मा प्रकाशित


The second type of earthquake should be returned to earthquake
विशाल चैतारी समाचार
भोजपुर, २०७४ माघ ०२ मंगलबार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयमै दोस्रो किस्ताको अनुदान लिन नआउने भूकम्प प्रभावितबारे अनुसन्धान गरी पहिलो किस्ताको रकम फिर्ता प्रक्रिया अघि बढाउने भएको छ । एक वर्षअघिको पुस मसान्तसम्ममा पहिलो किस्ता रकम लगेर हालसम्म दोस्रो किस्ता नलाने प्रभावितहरूबारे थप अनुसन्धान गर्दै पहिलो किस्ताको ५० हजार रुपैयाँ फिर्ता प्रक्रिया अघि बढाउन लागेको हो ।
गत २८ असारमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले पुस मसान्तसम्म अघिल्लो वर्षको पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पप्रभावितले दोस्रो किस्ता लिने समयसीमा तोकेको थियो तर दोस्रो किस्ता लिनेको संख्या थोरै छ ।
प्राधिकरणको तथ्यांकअनुसार ६ लाख ६६ हजार ९ सय ७७ ले पहिलो किस्ता लिएकोमा दोस्रो किस्ता लिनेको संख्या १ लाख ७५ हजार ६ सय २७ मात्र छ । सरकारले तीन वर्षभित्र निजी आवास पुनर्निर्माण गरिसक्ने लक्ष्य राखेकोमा ६ महिना बाँकी रहँदा दोस्रो किस्ता लिनेको संख्या यति थोरै देखिएको हो ।
प्राधिकरणले समयसीमा तोक्दा समेत दोस्रो किस्ताको रकम लिने संख्या थोरै देखिएपछि अहिले यसबारे प्रभावितहरूमा अन्योल देखिएको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले किस्ता लिने समय निरन्तर रूपमा दिन नसकिने बताउँदै दोस्रो किस्ता लिन नआउनेबारे अनुसन्धान गरिने बताए । कारोबार दैनिक

प्रतिक्रिया