Bisal Chautari Logo

मृतावस्थामा महिला फेला

- २ माघ २०७४, मंगलवार ०९:२९ मा प्रकाशित


Woman found in herbal
विशाल चैतारी समाचार
भद्रपुर , २०७४ माघ ०२ मंगलबार ।काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७, हुर्खा मार्ग नजिकै आज बिहान एक महिलाको शव फेला परेको छ ।
                                                                                                                              फाइल फोटो

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाञ्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने मानबहादुर थामीकी श्रीमती ४६ वर्षीया जुनीमाया मृतावस्थामा फेला परेको बताउनुभयो । “घटनाका बारेमा अनुसन्धान भइरहेकाले शव उठाइएको छैन, हामी अनुसन्धान गरिरहेका छौँ”, थापाले भन्नुभयो ।

प्रतिक्रिया