Bisal Chautari Logo

यसरी विज्ञापन दिएरै नेपाली युवतीहरुलाई भारतमा वेश्यावृत्तिमा लगाइन्छ(विज्ञापन सहित)

- १ माघ २०७४, सोमबार १२:५६ मा प्रकाशित


By giving advertisement, Nepalese women are put to India in prostitution
विशाल चैतारी समाचार
काठमाडौँ , २०७४ माघ ०१ सोमबार । भारतमा नेपाली युवतीहरुलाई खुल्लेआम वेश्यावृत्तिमा लगाउने गरेको भेटिएको छ । नेपाली र बंगली युवतीहरुलाई विज्ञापन गरेरै वेश्यावृत्तिमा लगाउने गरेको भेटिएको हो ।
भारतको राजधानी नयाँ दिल्लीस्थित बिभिन्न शहरमा नेपाली युवतीहरुलाई वेश्यावृत्तिमा लगाइन्छ । यो गिरोहले २० बर्षदेखि ६० बर्षसम्मका नेपाली युवती र महिलालाई यौनधन्दामा लगाउने भेटिएको छ । युवतीहरुलाई ग्राहकको इच्छा अनुसार उनीहरुले चाहेकै ठाउँमा पठाउने गरिएको, बर्षमा २ लाख भन्दा बढी ग्राहकलाई सेवा दिने गरेको जस्ता कुरा विज्ञापनमा उल्लेख छ ।
नेपाली युवतीहरु उपलब्ध गराउने भन्दै विज्ञापन नै प्रकाशित गरिएपछि दिल्लीस्थित नेपाली दूतावासले यो विषयमा एक्शन लिएको छ । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर हरी ओडरीले नेपाली युवतीहरुलाई वेश्वावृत्तिमा लगाइएको विषयलाई गम्भीरतापूर्वक उठाउँदै कारबाहीका लागि दिल्ली प्रहरीको ध्यानाकर्षण गराइएको बताएका छन् ।
यौन दलालहरुको विज्ञापन

प्रतिक्रिया