Bisal Chautari Logo

संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु

- ३० पुष २०७४, आईतवार ०९:५८ मा प्रकाशित


Five people died when the jeep accident occurred
विशाल चौतारी समाचार
संखुवासभा, २०७४ पौस ३० आइतबार । जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु भएको छ । संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको हो ।
                                                                                                                   फाइल फोटो

खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जिप मकालु गाउँपालिका -३, सामाटारमा दुर्घटनामा परेको हो ।
स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र सुरेश राईको मात्रै सनाखत भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली घटनास्थलतर्फ गइरहेको उनले बताए ।

प्रतिक्रिया